Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

विदेशबाट फर्केपछि इन्टरनेटको सहायताबाट बंगुर पाल्छन् पाल्पाका यमबहादुर

खबरडबली संवाददाता

पाल्पा । पाल्पा रामपुर नगरपालिका १० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बङ्गुरपालन व्यवसाय रोजेका हुन् । विभिन्न पेसा, व्यावसायको खोजीमा रहेका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्तत: बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उनी बताउँछन् ।

व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु’, उनी भन्छन् ।

कक्षा ७ सम्मको अध्ययन गरेका३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गरेका हुन् । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उनी बताउँछन् ।

तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गरेका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उनको भनाइ छ ।

सारु आफ्नै परिवारका साथमा बसेर व्यवसाय गर्न पाउँदै आनन्दको अनुभूति भएको बताउँछन् । यस व्यवसायमा उनकी श्रीमती यममाया  सारुले साथ दिँदै आएकी छिन् ।

श्रीमान्श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लागेका छन् । अहिले उनको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् ।

सारुको दिनचर्या यतिबेला बङ्गुरको रेखदेखमा बित्ने गरेको छ । घरमा उत्पादन भएका बङ्गुरका पाठापाठी छिमेकी जिल्ला स्याङ्जाका विभिन्न स्थानमा बिक्री हुने गरेको छ ।

एकवटा पाठापाठी रु पाँच हजार पाँच सयमा धमाधम बिक्री भइरहेको सारु बताउँछन् । उनले एक वर्षमा एक सय ५० भन्दा बढी पाठापाठी  बेच्छन् । यस व्यवसायबाट वार्षिक रु पाँच लाख बराबरको कमाई हुने गरेको सारुले बताउँछन् ।

‘बङ्गुर हुर्काएर ठूलो बनाएर मासुका लागि बेच्नुभन्दा साना पाठापाठी ९५० देखि ६० दिनका० बेच्दा धेरै फाइदा हुन्छ’, उनी भन्छन्, ‘पाठापाठी जन्मेपछि खरिद गर्ने ग्राहक प्रशस्त भेटिने भएकाले बिक्री गर्न धेरै सहज, बजार मूल्य राम्रो हुँदा यसबाट राम्रै आयआर्जन गर्न सकिन्छ ।

रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ब्याज अनुदान कार्यक्रममा छनौट भएपछि बङ्गुरलाई व्यावसायिक रुपमा पाल्न थालेका हुन् । नगरपालिकाको सहयोगमा दुई वर्षसम्म रु ६ लाख रकमको ब्याज अनुदानले व्यवसायमा ठूलो सघाउ पुगेको उनको भनाइ छ ।

ब्याज अनुदान कार्यक्रम कृषि तथा पशुपालनको क्षेत्रमा केही व्यवसाय गर्छु भन्नेका लागि अति राम्रो रहेको उनी बताउँछन् । ‘व्यवसाय गर्न लगानी गर्ने माध्यम नहुँदा समस्यामा परेको बखत रामपुर नगर सरकारले रु छ लाख रकमको दुई वर्षसम्मको ब्याज अनुदान उपलब्ध गराएपछि बङ्गुरपालन थालनी गरेको हो, हामी युवालाई यस कार्यक्रमले हौसला थपिदिएको छ’, उनी भन्छन् ।

यस व्यावसायबाट श्रीमती, तीनजना छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ । माउ १२ वटा पुर्‍याउने लक्ष्य छ । हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ ।

हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन् । बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ/नयाँ कुराको खोजअनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ ।

इन्टरनेटलाई मनोरञ्जन, समय बिताउने माध्यममात्र नभई यसबाट अध्ययन अनुसन्धान गरी समाजमा विभिन्न व्यवसाय, पेसा, उद्यमबाट आयआर्जनको माध्यम बनाउने कार्यमा युवाको आकर्षण बढ्दैछ ।

कुनै पनि पेसा, व्यवसाय गर्न तालिम, गोष्ठी नै पर्खेर नै लिनुपर्छ छैन, इन्टरनेटबाट आवश्यक कुरा खोज अनुसन्धान गरेर व्यवसाय चलाउनु सकिँदो रहेछ भन्ने समाजमा सारुले उदाहरण प्रस्तुत गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियाली विकास बैंकका अध्यक्ष दुईदिने नेपाल भ्रमणमा, प्रधानमन्त्री शाहसँग भेटवार्ता हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। उनी आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर...

अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने नेयमारको सङ्केत

संयुक्त राज्य अमेरिका। विश्वकपको अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि स्टार फरवार्ड नेयमारले आफ्नो अन्तर्राष्ट्...

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्...

नागढुंगा–मुग्लिङ सडक विस्तारले गति लियो, २७ किलोमिटर निर्माण सम्पन्न

काठमाडौं। कुल ४३ किलोमिटर लामो नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको नौबिसे–मलेखु सडक निर्माण कार्यले तीव्रता पाएको छ। हालसम्म २५ ...

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending