काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न तीजना पक्राउ परेका छन् । असार २९ गते दुई समूहबीच विवाद हुँदा निर्घात कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका हो ।
सप्तकोशी किनारमा युवतीहरूको दुई समूहबीच भएको झडपमा निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई प्रहरीले गत सोमबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।
फरार रहेका अन्य चारजनामा तीनजनालाई साउन २ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरवाट खटिएको प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डको विशेष प्रहरी टोलीले ईटहरी बजारबाट पक्राउ गरेको उनको भनाइ छ । घटनामा स्रलग्न अन्य २ जनाको खोजी भइ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
असार २९ गते बेलुकाकोपाँच बजे तिर सुनसरी बराहक्षेत्र नगरपालिकाको वडा नं. ९ को राजाबास टोलस्थित चिहान डाँडाको कोशी किनारमा स्थानीय मनिषा राई १९ सहित तीनजनालाई कोशी किनारमा बोलाई पाँच जनाको समुहले तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
पिडीतले दिएको जाहेरी दरखास्तको आधारमा पाँच जना आरोपी मध्य सुनसरी बराहक्षेत्र– १० प्रकाशपुर भुजेलटोल बस्ने १९ बर्षीय प्रिति लिम्बुलाई सोही दिन महेन्द्रनगरबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दा अन्तर्गत पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताएको छ । उक्त घटनामा संलग्न बराहक्षेत्र– ८ सैनिकटोल बस्ने १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउलाई साउन २ गते पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए ।
फरार रहेका थप २ जना आरोपीकोखोजी कार्य भईरहेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - २०:५२
काठमाडौं । गोरखाको मनकामना पुगेर फर्किएको माइक्रो बस भीरबाट खसेको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कान्टारनजिकै भीरबाट माइक्रो खसेको गोरखा प्...
फाल्गुन ३० गते, २०८२ - २०:४३
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न...
फाल्गुन ३० गते, २०८२ - १९:४१
बाग्मती। कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर...
फाल्गुन ३० गते, २०८२ - १९:३८
काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक ग...
फाल्गुन ३० गते, २०८२ - १९:३४
विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीबाट पठाउने चार जना सांसदको नाम टुंगो लगाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा ...
फाल्गुन ३० गते, २०८२ - १९:२२
काठमाडौं । बिहान उठ्नेबित्तिकै खाली पेट पानी पिउनु स्वास्थ्यका लागि लाभदायक बानीका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यो अभ्यासले शरीरलाई सक्रि...
फाल्गुन ३० गते, २०८२ - १९:२०
रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ...
फाल्गुन ३० गते, २०८२ - १९:१४
काठमाडौं । नेपाली साहित्य, पत्रकारिता र भाषा आन्दोलनका सक्रिय हस्ताक्षरको निधन भएको छ। उनको निधनसँगै नेपालभाषा साहित्य, समसामयिक व्यङ्ग्य र भाषिक अधिक...
फाल्गुन ३० गते, २०८२ - १९:०९
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरूले निर्वाचन आयोगमा खर्च विवरण बुझाउने क्रम जारी छ। यही क्रममा म्याग्दीबाट निर्वाचित सा...
फाल्गुन ३० गते, २०८२ - १९:०३
ललितपुर । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर–१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुनेगरी महानगर...


प्रतिकृया लेख्नुहोस्: