Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

झापाको पूर्वाञ्चल क्यान्सर र भारतको राजीव गान्धी क्यान्सर अस्पतालबीच सम्झौता

खबरडबली संवाददाता

झापा । झापाको पूर्वाञ्चल क्यान्सर अस्पताल र भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबीच क्यान्सर उपचारको अनुसन्धान, उपचार, प्रविधि र सुविधा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा।वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा।सुधीरकुमार रावलले शनिबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे ।

नेपालमा क्यान्सर रोगको उपचारलाई अझै भरपर्दो र सुविधायुक्त बनाउन दक्षिण एसियाका दुई अत्याधुनिक अस्पतालबीच चिकित्सा विज्ञानका विविध विषयमा सहयोगको आदान–प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा।यादवले बताए । क्यान्सर उपचारको क्षेत्रमा भइरहेका नयाँ अनुसन्धान, नवीनतम् प्रविधि, टेलिमेडिसिन र उपचारमा सहुलियत आदान–प्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार राजीव गान्धी क्यान्सर अस्पतालले पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने छ भने रोबोटिक सर्जरीका विषयमा नेपाली चिकित्सकहरूलाई प्रशिक्षित गराउने भएको छ ।

राजीव गान्धी क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा। सुधीरकुमार रावलले आफ्नो अस्पतालमा क्यान्सरको उपचारका लागि आउने नेपालीको सङ्ख्या १५ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । “क्यान्सरको भरपर्दो उपचारका लागि भारतमा आउनुपर्ने पहिले–पहिले बाध्यता थियो”, उनले भने, “अब त पूर्वाञ्चल क्यान्सर अस्पतालमै अत्याधुनिक उपचार पद्धति र उपकरणको सहायताबाट उपचार हुन थालिसकेको हुँदा बिरामीले नेपालमै राम्रो उपचार पाउने सम्भावना छ । हामी तपाईँहरूका लागि प्रविधि, अनुसन्धान र जनशक्ति प्रशिक्षणका लागि सहयोग गर्न तयार छौँ ।”

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा रोबोटिक सर्जरी र टेलिमेडिसन सेवा सञ्चालन गर्न राजीव गान्धी अस्पतालले सहयोग गर्ने र उक्त अस्पतालको सिफारिसमा थप उपचार आवश्यक परेका बिरामीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।

सम्झौता आदान–प्रदान कार्यक्रममा बोल्दै बीएन्डसी हस्पिटलका डाइरेक्टर प्राडा उमेश शर्माले नेपालले चिकित्सा क्षेत्रमा फड्को मारिरहेको चर्चा गर्दै राजीव गान्धी क्यान्सर अस्पतालसँगको सहकार्य र सम्बन्ध विस्तारबाट क्यान्सरको उपचारका लागि नेपाली बिरामीले ठूलो लाभ पाउने विश्वास गरिएको बताए । झापाको बिर्तामोडमा सन् २०२० मा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा दैनिक दुई सय बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

प्रधानन्यायाधीश पद ‘बढुवा होइन, संवैधानिक नियुक्ति हो’ - प्रस्तावित प्रधानन्यायाधीश

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद सामान्य बढुवा नभई संवैधानिक नियुक्ति भएको बताएका छन्। मंगलबार संस...

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा ...

‘नेपोबेबी’ आरोपको मनोज शर्माद्वारा खण्डन, भने– योग्यता र क्षमताका आधारमा अघि बढेको हुँ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ अर्थात् पारिवारिक प्रभावका आधारमा अघि बढेको आरोपको खण्डन गरेका छन्। ...

प्रस्तावित प्रधानन्यायाधीशलाई कांग्रेसको प्रश्न –न्यायालयभित्रको बेञ्च र बारबीचको द्वन्द्व कसरी समाधानका गर्नुहुन्छ ?

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...

प्रस्तावित प्रधानन्यायाधीशमाथि वर्षमान पुनका प्रश्न : अदालतम ग्रुपिजम र फेबरको कुरा छ, कसरी काम गर्नुहुन्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ

काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...

बजेट विनियोजन छलफलमा अर्थमन्त्री नभएपछि सांसद सिंहको आक्रोश

सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending