ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।
शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । उनका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने उनले बताए छ ।
यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गरे ।
बाढीपहिरोका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिरोकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १६:२९
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...
जेष्ठ ५ गते, २०८३ - १६:०६
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...
जेष्ठ ५ गते, २०८३ - १५:५७
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले प्रधानन्यायाधीशको पद सामान्य बढुवा नभई संवैधानिक नियुक्ति भएको बताएका छन्। मंगलबार संस...
जेष्ठ ५ गते, २०८३ - १५:४३
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ। मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा ...
जेष्ठ ५ गते, २०८३ - १५:२८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ अर्थात् पारिवारिक प्रभावका आधारमा अघि बढेको आरोपको खण्डन गरेका छन्। ...
जेष्ठ ५ गते, २०८३ - १५:१८
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मामाथि जारी संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसले न्यायालयभित्र देखिएको बेञ्च र बारबीचको द्वन्द्...
जेष्ठ ५ गते, २०८३ - १४:५८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्मासमक्ष न्यायपालिका सुधार, पारिवारिक प्रभाव, भ्रष्टाच...
जेष्ठ ५ गते, २०८३ - १४:४३
काठमाडौँ। संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइ सुरू भएको छ । समितिले मंगलबार बिहान प्रस्तावित प्रध...
जेष्ठ ५ गते, २०८३ - १४:२५
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। मंगलबार बसेको बै...
जेष्ठ ५ गते, २०८३ - १४:०३
सबै परम्परा भत्काउँदै गयौं भने संसद्को औचित्य समाप्त हुन्छ



प्रतिकृया लेख्नुहोस्: