मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल जिर्ण भएपछि यातायात अवरुद्ध छ । विसं २०७८ असार १ गते आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएपछि यातायात अवरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले मोटरेबल पुल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन तयार गरिएको जानकारी दिइन् । “अहिलेका लागि यातायात सञ्चालन गर्न आवश्यक छ, काठकै पुल निर्माण गरी यातायात सञ्चानल गर्नुपर्छे”, उनले भनिन् । मोटरेबल पुल निर्माणको प्रक्रिया दू्रत गतिमा अघि बढाइएको उनको भनाइ छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका अनुसार तनहुँ, लमजुङ र मनाङ गरी तीन जिल्लामा १५ मोटरेबल पुलको ठेक्का दिने तयारी छ । मनाङमा नौवटा मोटरेबल पुल निर्माण हुने योजना कार्यालयका प्रमुख रवीन्द्र दासले जानकारी दिए । ठेकेदारले समयमै काम नगर्दा पुल निर्माणको कामले गति लिन नसकेको उनको भनाइ छ । वार्षिक रुपमा विनियोजित बजेट ‘फ्रिज’ हुने गरेको छ ।
“बजेट फ्रिज हुन नदिन ठेकेदारलाई कडाइ गरिएको छ”, दासले भने । मनाङमा मोटरेबल पुल निर्माणको काम समयमा नहुँदा वर्षैपिच्छे काठको पुल निर्माण गर्दा यहाँ राज्यको दोहोरो लगानी हुने गर्दछ । सामान्यतया कम्तीमा एउटा काठको पुल निर्माण गर्दा रु तीन लाखसम्म खर्च हुने गरेको प्रमुख दासले बताए । बर्खामा तत्कालका लागि अस्थायी रुपमा काठको पुल निर्माण गर्ने गरिएको छ । “बिस्तारै जिल्लालाई काठेपुलरहित बनाउँदै छौँ”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: