Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अचम्मकाे परिवारः आमाबुबा र ७ सन्तान एकै दिन जन्मिए !

खबरडबली संवाददाता

काठमाडाैं । पाकिस्तानमा एउटा अचम्मको परिवार छ। जुन परिवारमा बुबाआमा र ७ जना सन्तान छन्। अचम्म लाग्दो विषय चाही उनीहरु सवैको जन्म एउटै दिनमा भएको छ। गिनिज वर्ल्ड रेकर्ड आफैँले यो परिवारबारे जानकारी दिएको हो ।

यो परिवारका ९ सदस्यको जन्मदिन एकै दिन हो । उनीहरु सवै जना १ अगस्टमा जन्मिएका थिए । गिनिज वर्ल्ड रेकर्डका अनुसार परिवारमा आमिर अली, उनकी श्रीमती खुदेजा र सात सन्तान छन्।

७ मध्ये ससुई र सपना जुम्ल्याहा छोरी हुन् । यसैगरी आमिर–अब्बर र अम्मार–अहमर पनि जुम्ल्याहा छोरी हुन् । यसबाहेक सिन्धु नामकी अर्की एउटी छोरी छिन् । यी सबैको उमेर १९ लेखि ३० बीचमा छ । 

आमिर र खुदेजाका लागि यो दिन अझै विशेष छ, किनभने १ अगस्ट उनीहरूको विवाह भएको दिन पनि हो। उनीहरुले आफ्ना जेठी छोरी जन्मिनु ठिक एक वर्ष अघि सन् १९९१ मा आफ्नो जन्मदिनमा विवाह गरेका थिए ।

१ अगस्ट सन् १९९२ मा सिन्धुको जन्म भयो । सिन्धु उनकी जेठी छोरी हुन् । छोरीको अगस्ट १ तारिखमा नै जन्म हुँदा यी दुई अचम्मित र असाध्यै खुसी थिए । त्यसपछि खुदेजाका सबै सन्तान १ अगस्टमा नै जन्मिए । यो जोडीले यसलाई ईश्वरको उपहार बताएको छ ।

रिपोर्टका अनुसार सबै बच्चाको नर्मल डेलिभरी भएको थियो । कुनै पनि परिवारमा यस्तो संयोग अहिलेसम्म देखिएको छैन। 

अमेरिकाको कमिन्स परिवारमा पाँच सन्तान एकै दिन जन्मेको रेकर्ड भने थियो। जसको जन्म सन् १९५२ र १९६६ बीच २० फेब्रुअरीमा भएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending