काठमाडौं। आगामी शुक्रबार अर्थात् असार २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बगान’ को जाँचपासका क्रममा त्यहाँ सेन्सर गर्न उपस्थित सदस्यको आँखा रसाएको निर्माता वाग्लेले बताए । उनले सामाजिक सञ्जालमार्फत आफूसमेत भावुक बनेको जानकारी दिएका छन् । 'सेन्सर गर्न उपस्थितले फिल्म मन पराए । उनीहरूको मनसम्म पुगेको फिल्मले आँखामार्फत भावना व्यक्त गर्यो । उहाँहरुको आँखामा आँसु देख्दा म पनि भावुक भएँ', निर्माता वाग्लेले भने ।
यस्तै सो खुलेसँगै आफूलाई पायक पर्ने हल र सोमा दर्शकले अग्रिम टिकेट बुकिङ्ग गर्न थालेकाछन् । पारिवारिक कथामा बनेको फिल्मको मंगलवारनै खुलेको बुकिङ्गमा दर्शकको चासो देखिएको छ । पारिवारिक कथामा निर्माण भएको फिल्मले एकल आमाको जीवन, संघर्ष, पारिवारिक र सामाजिक अपेक्षासँगै शिक्षाले जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्ने अभिनेता तथा डेब्यु निर्देशक सरोज खनालले बताए ।
'यो फिल्म एउटा परिवारका सम्पूर्ण सदस्यले हेर्न मिल्ने गरी बनाएका छौं । पूर्णरुपमा पारिवारिक फिल्म बनेको छ । साथै, युवापुस्ताको प्रेम कथा पनि छ', निर्देशक खनालले भन्नुभयो ।
यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।
‘मंगलवारदेखि नै काठमाडौँ र मोफसलमा समेत बुकिङ्ग खुलिरहेको छ । केहीमा खुलिसकेका छन् भने बुधवार साँझसम्ममा अधिकाँस सो खुलिसक्नेछन्’, वितरक करण श्रेष्ठले भने,’अग्रिम बुकिङ्ग मंगलवारदेखि नै खुल्नु हल संचालकले समेत फिल्म प्रति विश्वसनीयता देखाएका हुन् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: