Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

सुदूरपश्चिममा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

खबरडबली संवाददाता

महेन्द्रनगर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौँ उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो ।  

त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब शैक्षिक विकासको दृष्किोणले अब सुदूर, सुदूर (टाढा) रहेन । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैँ ओझेलमा परेको विषय अब इतिहास भइसकेको छ ।

तत्कालीन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हुँदै गएको शिक्षाविद्को बुझाइ छ । विसं २०५० को सेरोफोरोमा कर्णालीयता महेन्द्र राजमार्गमा २२ वटा पक्की पुल बनेपछि स्थलमार्गबाट मुलुकका अन्य भू–भागसित जोडिएको सुदूरपश्चिममा हरेक क्षेत्रको विकासले गति लिँदै गएको छ ।

विसं २०६७ मा सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि यहाँका नागरिकले न्युन शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् । 

विसं २०६९ मा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । 

यहाँका मदन पुरस्कार विजेता भीमदत्त नगरपालिकाका नरबहादुर साउँदले विगतमा अध्ययनका लागि निकै कष्ट ब्यहोरेको बताए । “हाइस्कुल बैतडी गाउँमै अध्ययन गरे”, उनले भने, “आइएस्सी ऐजीका लागि एक वर्ष काठमाडौँ र पछि चितवन रामपुर पुगेँ ।” 

उनले २०३६ सालमा उच्च शिक्षाका लागि भारतको लखनउ, गोरखपुर र भैरहवा हुँदै तीन लगाएर काठमाडौँ पुगेको स्मरण गराए। “अहिले त शिक्षामा पहुँच निकै सहज भइसक्यो”, उनले भने, “उ बेला प्राविधिक शिक्षामा पहुँच त यहाँ असम्भवजस्तै थियो ।” 

सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताए । 

सुदूरपश्चिममा अहिले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको पहल हुँदैछ । “विसं २०५७ मा पनि उच्च शिक्षाका लागि दुई÷तीन दिनको बाटो हिँडेर काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो ।” उनले भने, “त्यो बेला पनि एमएबिए गर्न पनि निकै सङ्घर्ष गरेर अध्ययन गर्न पाइन्थ्यो।”,

त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नुपरेको थियो विश्वविद्यालयको स्थापना पछि त्यो समस्याको अन्त्य भएको बताए। 

“विसं २०५७ पछि मात्रै काठमाडौँ बाहिर पहिलो पकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको थियो”, उनले विगत सम्झिदै भने, “त्यो बेला अध्ययन गर्न धेरै दुःख थियो अहिले त घरमै आमा÷बुबाले पाएको रोटी आएर क्याम्पस जाने अवस्था यो राम्रो पक्ष हो ।” 

विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए। “अब विश्वविद्यालयले युग सुहाउँदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ”, उनले भने, “विश्वविद्यालयले आंगिक क्याम्पस थप गरेर शिक्षाको विस्तार गनुपर्छे ।”

हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा क्याम्पसबाट उच्च शिक्षादेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ वटा र स्नाकोत्तर तहमा १० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन । गत शैक्षिक शत्रदेखि स्वास्थ्य विज्ञान सङ्काय तथा कानुन सङ्काय पनि सञ्चालनमा ल्याएको छ । 

मानविकी तथा समाजिक शास्त्र तथा व्यवस्थापन सङ्कायमा एमफिल र पिएचडी कार्यक्रममा सुरु सञ्चालनमा छन् । 

यहाँ मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इन्जिनियरिङ सङ्काय र कृषि विज्ञान सङ्कायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय स्थापनापछि सहज भएको छ । 

दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहजरुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालयमा विद्यावारिधि गरिराख्नुभएका प्रेमबहादुर सिंहले घरआँगनै विद्यावारिधि गर्न पाउँदा धेरै सहज भएको बताए। “यहीँ विद्यावारिधि हुँदा पढ्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ”, उनले भने, “घर नजिकै कम खर्चमा विद्यावारिधि गर्न पाउँदा खुसी त हुने नै भयो ।” उहाँले उच्च शिक्षाका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता हटेको बताए। 

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय सभाका सदस्य लिलाध्वज बस्नेतले उतबेला शिक्षा आर्जनका लागि धौ–धौ हुने सुदूरपश्चिममा अहिले सर्वसुलभरुपमा चाहेको विषय पढ्न मिलेको बताए।  

“हामीले अध्ययन गर्ने बेला चाहेर पनि उच्च शिक्षामा हाम्रो पहुँच सहज थिएन ।” सभा सदस्य बस्नेतले भने, “अहिले घरको रुखोसुखो खाएर चाहेको विषय पढ्न सहज भएको छ ।” 

उति बेला पहुँच हुनेले मात्र उच्च शिक्षा अध्ययन गर्न पाउने बताउँदै उनले अहिले सर्वसाधारणले सहजरुपमा अध्ययन गर्न पाएको बताए। “त्यो बेला यहाँ क्याम्पस नै थिएनन्”, उनले भने, “अब हामीले विश्वविद्यालयको विकास र गुणस्तरमा ध्यान दिनुपर्छ ।”

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले उतिबेला सुदू्रपश्चिममा उच्च शिक्षा कल्पनाभन्दा बाहिरको विषय रहेको बताए। “पहिला उच्च शिक्षा लिन नैै सहज थिएन सीमित कलेज थिए”, उपकुलपति जोशीले भने, “२०५५ सालपछि मात्रै केही कलेज स्थापना भएका हुन ।” 

त्यो बेला सीमित कलेज भएकाले उच्च शिक्षामा सबैको पहुँच हुँदैन थियो ।  “अहिले हामी क्रमिक सुधारमा लागेका छौ विद्यावारिधि र एमफिलका कार्यक्रम सञ्चालन छन्”, उनले भने, “अब सुदूरका जनताका छोराछोरीले सरकारी शुल्कमा मेडिकल शिक्षा पनि यहीबाट पाउने छन् ।” 

उनले सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए। विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । स्नातक तहमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पस गरी नौ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् भने स्नातकोत्तर तहमा एक हजार ८२ विद्यार्थी  अध्यनरत छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending