Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

खबरडबली संवाददाता

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको खुलेको छ । 

भूटानी शरणार्थीसम्बन्धी भ्रष्टाचार काण्ड, ललित निवासको जग्गा काण्ड, पशुपतिको जलहरी काण्ड, सहकारी ठगी लगायतका बिभिन्न भ्रष्टाचार काण्डहरुमा निर्ममतापूर्वक छानबीन अघि बढाएका प्रचण्डले अन्य काण्डहरुको समेत छानबीन गर्ने घोषणा गरेका थिए । 

प्रचण्डले विगत केही महिनायता ठूलाठूला भ्रष्टाचार काण्डका साथै भयानक हत्याकाण्डहरुको समेत छानबीन गर्ने बताएपछि उनलाई सत्ताबाट हटाउन एमालेले ठूलो कसरत गर्दै आएको थियो । समाजवादी मोर्चा गठनपछि एमालेले कांग्रेसको केही नेताहरुसँग सरकार ढाल्न सघन छलफल समेत गरेको थियो । 

यहीबीचमा प्रधानमन्त्री प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा आफ्नो दिवंगत छोरीको उपचारका क्रममा प्रीतम सिंह दिल्ली गएको प्रसंग उल्लेख गरेको विषयलाई एमालेले प्रधानमन्त्रीको राजीनामासँग जोडेको छ । 

प्रचण्डलाई सत्ताबाट हटाउन मौकाको ताकमा रहेको एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रियतासँग जोडेर संसद नै अवरोध गरेको छ । जबकि एमालेको नियत प्रचण्डलाई हटाएर ओलीको कार्यकालमा भएका भ्रष्टाचार काण्डहरुको छानबीन रोक्नु रहेको छ । 

यसै साता नेकपा एमालेका शीर्ष नेताहरु सम्मिलित एक बैठकमा केही नेताले संसद नै अवरोध भने गर्न नहुने आशय व्यक्त गरेका थिए । श्रोतका अनुसार, केही नेताले प्रधानमन्त्रीको अभिव्यक्ति भावनात्मकरुपमा आएको भन्दै यसलाई राजीनामाको निहुँ बनाउन नहुने बताएका थिए । तर ओलीले भने प्रचण्ड सत्तामा रहे सबैलाई अप्ठ्यारो पर्ने, एमालेका शीर्ष नेताहरु यो वा त्यो रुपमा टार्गेटमा पर्दै जाने भएकोले यो नै सत्ताबाट बहिर्गमन गर्ने मौका भएको भन्दै सदन अवरोध गर्न निर्देशन दिएको श्रोतले बतायो ।

तर एमालेले सदन अवरोध गरेको विषयमा नागरिकस्तरमा भने सकारात्मक प्रतिक्रिया देखिएको छैन । आफू हुँदा केही पनि नगर्ने र अहिले प्रचण्डले केही गर्न खोज्दा बिरोध गर्न एमालेले फण्डा निकालेको प्रतिक्रिया सामाजिक सञ्जालमा व्याप्त देखिन्छ ।  

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies