Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने गठबन्धनको निर्णय

खबरडबली संवाददाता

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुनपर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठकले विपक्षी दलले भने जस्तो राजनीनामा दिनुनपर्ने निर्णय गरेको हाे । 

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले प्रतिपक्ष दलले माग गरे जस्तो प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निर्णय गरिएकाे  बताए ।

प्रतिपक्ष दलले प्रधानमन्त्रीको कुरा नै नसुनी विरोध जनाएको गठबन्धनको निचोड रहेकाे पाण्डेकाे भनाइ छ । एमालेले प्रधानमन्त्रीको विरुद्ध संसद्मा अवरोध गरेको छ । राजीनामा माग गरेको भए पनि यो असंसदीय निर्णय रहेकाे पाण्डेले बताए  । उनले भने- “प्रधानमन्त्रीले बोलेका विषयमा आपत्ति भयो भने आवाज उठाउन पाइन्छ । के बोलेको हो ? सोध्नुपर्ने विषय हो । कुरै नसुनी, राजीनामा माग गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने निर्णय र संसद् फेस गर्ने निर्णय गरेको छ।”

भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएकाे अभिव्यक्ति यतिबेला विवादीत भएकाे छ । सन्धुको पुस्तक रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएकाे प्रतिपक्षकाे आराेप रहेकाे छ ।

त्यसलाई लिएर नेकपा (एमाले) सहित विपक्षी दलले विरोध गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने माग गरेका छन् । विपक्षी दलको विरोधका कारण संसद् बैठक अवरुद्ध भएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिले रोक्यो ‘सचिव’, सेवाले बनायो ‘इतिहास’: डा. बस्नेतको कथा

विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने

काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending