काठमाडाैं । नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएका थिए । सन्धुको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रम दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहेनत गरेको र दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।
एमाले सांसदले विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले संसदीय दलका नेता देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए । राष्ट्रिय सभाको बैठकमा बोल्दै एमाले सांसद दाहालले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताए । उनले भने - “प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जित भएका छौं,” सांसद दाहालले भने, “हाम्रो दलले यसलाई गम्भीर रुपमा लिएको छ, भारतले बनाएको प्रधानमन्त्री ग्राह्य छैन, स्वीकार्य छैन।”
प्रधानमन्त्री दाहालाले तत्काल राजीनामा दिनुपर्ने एमालेको अडान रहेको उनले बताए। “दिल्लीको इशारामा प्रधानमन्त्री बन्नु भएको हो भने स्वीकार्य छैन । तुरुन्तै राजीनामा दिनुपर्छ,” उनले भने, “प्रधानमन्त्रीले राजनीतामा नदिएसम्म बैठक अवरुद्ध गर्छौ।”
त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि राष्ट्रिय सभाको बैठक स्थगित भएको घोषणा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - ०८:४६
विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...
बैशाख १४ गते, २०८३ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...
बैशाख १४ गते, २०८३ - ०७:५९
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...
बैशाख १४ गते, २०८३ - ०७:४८
बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...
बैशाख १४ गते, २०८३ - ०७:४३
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...
बैशाख १३ गते, २०८३ - २१:४६
काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...
बैशाख १३ गते, २०८३ - २१:४०
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...
बैशाख १३ गते, २०८३ - २१:३३
काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...
बैशाख १३ गते, २०८३ - २१:१९
प्युठान । चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...
बैशाख १३ गते, २०८३ - १९:४०
काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...


प्रतिकृया लेख्नुहोस्: