Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

मैले मरेर ठूलाे गल्ती गरेँ !

गुमनाम गाउँले

बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ !  छरछिमेकीहरू घरभरी भेला हुन्छन् । रुँदारुँदै बेहोस भएकी  आमालाई सम्हाल्ने  प्रयास गर्छन् केही महिलाहरू । जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अनि पुरै परिवारलाई सम्हाल्न सक्ने मेरो बुबा आज आफूलाई सम्हाल्न नसकेर मेरो लास लाई हेर्दै बरबर आँसु झारी रहनु भएकाे छ । 

गलत बाटोमा लाग्ला भनेर आफ्नो भन्दा मेरो धेरै ख्याल गर्ने मेरो दाजु आज मेरो लास हेर्न नसकेर कुनै कुनामा बसेर रुन थाल्छन् ।  आफूलाई भन्दा धेरै माया गर्ने मेरा दिदिबहिनी मेरो लास लाई झम्टिदै रुन थाल्छन् ।

गाउँका मानिसहरू भेला भएर जति सक्दो छिटो मेरो लास लाई पार लगाउने तयारिमा लाग्छ्न् । मैले लगाएका कपडाहरु फुकाल्न थालिन्छ । म सुत्ने गरेको बिस्तारा सबै सफा गरिन्छ । मसँग सम्बन्धित हरेक कुराहरू खोलामा बगाउन जम्मा पारेर राखिन्छ । मेरो शरीरमा कात्रो ओढाइन्छ । बाँसको अर्थिमा मेरो लास लाई राखेर माथिबाट बाँसको हरियो चोयाले कसिन्छ ।

बिहेमा जन्ती जान तयार भएजस्तै सबैजना मलामी जान तयार हुन्छन् ।  त्यही मलामिको भीडमा एउटा मेरै गाउँको व्यक्ती आफ्नो गोजीमा तास बोकेर आउँछ । किन तास बोकेर आएको भन्ने प्रश्नमा उसले उत्तर दिन्छ ”त्यत्रो बेर लास नजलुन्जेल के गरेर बस्नु त्यहाँ ?”

केही छिनमा मेरो लास लगेर कुनै नदिको किनारमा बिसाइन्छ । म आफ्नो लास हेर्दै सोच्न थाल्छु “मेरो मृत्युले कसलाई फरक पर्यो र यहाँ ? ” मेरा सबैभन्दा मिल्ने साथीहरूले पनि १ हप्तामै मलाई बिर्सनेछन् । कहिलेकाहीँ कतै जाँदा कहिँकसो उनीहरूको यादमा आउने गर्छु म ।

म तिमी बिना बाँच्नै सक्दिन भन्नेले २/४ महिनामै अर्कैसँग माया प्रेममा मस्त भएको देख्छु म । फेसबुकमा मिस यु  लेखेर पठाउनेहरू अंग्रेजी मै रिप लेखेर आफ्नो कर्तब्य पूरा गरेको देख्छु म । मानौ उनीहरूको रिपले मलाई स्वर्गमा एउटा सिङ्हासन मिल्ने छ ।

लास जलाउने समय हुन्छ । मेरो लासलाई दागबत्ती दिँदा मेरो बुबाको मनमा के गुज्रिएको होला । जुन हातले समातेर मलाई हिँड्न सिकाउनु भयो, जुन हात समातेर मलाई लेख्न सिकाउनु भयो, जसको बोली सुनेर मैले बोल्न सिकेँ आज त्यही व्यक्तिलाई आफ्नै हातले जलाउँदा सायद मनमा मेरो बुबा जिउँदो पक्कै पनि हुनुहुन्न ।

यो दिन देख्नको लागि पक्कै पनि मेरी आमाले मलाई जन्म दिनु भएको थिएन । म मर्नुको सट्टामा बरु आफै मरेको भए हुन्थ्यो भनेर सोच्ने केवल मेरा बुबाआमा मात्र हुनुहुन्छ । म अहिले सोच्छु आखिर किन गरेँ मैले आत्महत्या ? मैले भनेको कुरा मेरा बुबा आमाले पूरा गर्न नसकेर ? मैले रोजेको व्यक्तिसँग बिहे गर्न नपाएर ? मैले आफ्नो पढाइमा सफलता नपाएर ?

म मरेर अरुलाई त केही फरक परेन मेराे लाश जली रहँदा एक हुल बगरमा तास खेलीरहे । एकहुल आफ्नै तालमा भाैँतारीए त काेही आफ्नै संसारमा डुबी रहे अनि काेही मलाई नै स्मरण गर्दै बसी रहे ।  लाश जल्दै गर्दा फरक पार्याे त मलाई जन्म दिने आमा र मेराे बुवा तथा दिदीबहीनी र दाजुभाइलाई ।

मृत्यु पछि म प्रष्ट देख्न सक्छु मेरो मृत्युले कसैलाई फरक परेन । सबैको जिन्दगी जस्तो थियो उस्तै चलिरहेछ । फरक पर्यो त केवल मेरा बुबाआमा, मेरा दिदिबहिनी अनि मेरा दाजुभाइलाई । मलाई धोका दिने व्यक्ति आफ्नै नयाँ प्रेमी सँग मस्त छ । मेरो इच्छा पूरा गर्न मेरा बुबाआमा रात दिन खट्नु हुँदोरहेछ ।

हरेक सफल व्यक्ति कुनै न कुनै समयमा अवस्य पनि फेल भएको रहेछ । मेरो बदनामिको समाधान मेरो मृत्यु होइन रहेछ ।  त्यसको समाधान त डटेर गर्नुपर्ने रहेछ । तर म फर्किएर जान सक्दिनँ, रोइरहेका मेरा आमाबाबुको आँसु पुछ्न सक्दिनँ, न म मेरो गल्ती नै सुधार्न सक्छु ।

म मेरो लास हेरेर सोच्छु मैले गल्ती गरेँ, धेरै ठूलो गल्ती गरेँ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending