Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अध्येताको उत्सुकता : के मानवताको मृत्यु हुन्छ ?

कुमार दाहाल
कुमार दाहाल

मानिस भित्र विवेकको व्युत्पत्तिमा थुप्रै मतान्तर पाइन्छ। प्राणीकाे चेतनामा विवेककाे व्युत्पत्ति विज्ञान र अध्यात्म दुवैमा रहस्यकै रुपमा छ। मान्छेसँग मात्र विवेक छ वा सबै प्राणीको चेतनाको अंश विवेक हो भन्ने विषयमा भौतिकवादी , अस्तित्ववादी र ईश्वरबादीहरूको भिन्नाभिन्नै मत छ । बुद्धको अनात्मबाद चेतना हाे। आत्मा होइन । बुद्धले मानवताबाट अध्यात्म चिन्तनको व्याख्या गरे। सारा बुद्ध दर्शन यसैमा केन्द्रित छ। बुद्ध ,धर्म होइन दर्शन हो ।त्यहीँबाट अनात्मबाद बुद्ध दर्शन भित्र विकसित भयो ।

मानवता चेत कै कारण बुद्ध धर्मले हिन्दु धर्ममाथि आधिपत्य कायम गर्यो। हिन्दुहरु आत्मा बोधबाट मानवताको कुरा गर्छन् भने बुद्ध दर्शनले मानवता बाट आत्मा चेतकाे कुरा गर्छ। त्यसैले बुद्ध दर्शनमा भौतिकवादीहरुले समेत विश्वास गरेका छन। तर बुद्ध दर्शन पनि पदार्थमा चेतनाको अंश विवेक हो वा यो चेतना भित्रको व्युत्पत्ति विवेक हो भन्ने विषयमा स्पष्ट छैन ।यसले केवल प्राणीभित्रको चेतनाको स्वरुपलाई मानवता मान्छ। ईश्वर ठान्दैन।

मानवताको विषय दर्शनमा सीमित छैन। सुकरातले सत्यको बाटो लिए । सत्य विरुद्ध बोलेनन्। पालना गरे। बरु बिषको प्याला पिए। मानवताको विकास सत्यबाट भएको हाे र यो नै विवेक हो भन्ने पाश्चात्य दर्शनको मूल अंश हो।। रुसोको सुपर मेनले मान्छेको उचाईलाई निरन्तर बनाऊछ। उनको सुपर मेन मानवताकोअन्तिम अवस्था हो । तर सत्य होइन। यो मानवता सिर्जनात्मक भएमा हुर्किन्छ। विध्वंसात्मक भएमा स्वयं नष्ट हुन्छ ।

सुपरम्यान मानबताकाे उत्कृष्ट नमुना मान्छन् रुसो। कान्टकाे कठोर नैतिकता बिबेकको बिकास सँग सम्बन्धित छ। पछिसम्मका भौतिक चिन्तकहरुले ऊर्जालाई चेतनाकाे रूप मानेका छन्। व्याख्या गरेका छन्। चेतना भित्र विवेकलाई इभाेलुसनको रुपमा मान्छन् पश्चिमा। तर पश्चिमाहरुले चेतनालाई ईश्वरको रुपमा ब्याख्या गरेनन् l

हेगेलले समग्रता सिद्धान्तमा चेतना ईश्वरको प्रतिरूप हो भनेका छन् ।यही चेतनाकाे विकास मान्छेभित्र हुनुपर्छ। जसलाई प्राय सबै वैज्ञानिक, चिन्तक ,विश्लेषक रहस्यवादीहरुले मानवताको नाम दिएका छन्। तर मानवताको कोशे ढुङ्गो व्याख्यामा सीमित छैन।

डार्विनले प्राणीको उत्पत्ति र विकासको धारणा ल्याए। तर चेतनासँग प्राणीको सम्बन्धलाई आकर्षणको रुपमा मात्र व्याख्या गरे। प्राणीको स्वरुप पदार्थको विकास हो चेतनाको होइन भन्ने उनको मुल धारणा अहिले असत्य सावित हुदैछ किनकि मान्छेको स्वरुप हजारौं वर्षसम्म एउटै छ। चेतनाको फैलावट सबै प्राणीमा उस्तै छ भन्ने विषय उनले भनेनन् । उनको आलोचना पनि भयो।

भारतीय दर्शन शास्त्री अरविन्दुले डार्बिनको विकासवादमा ठूलो टिप्पणी गरेका छन् । अरविन्दु मानवताको होइन चेतनाको विकासलाई‌ प्राणी भित्रको इभूलुसन ठान्छन्। मानवता चेतनाको विस्तार हो र प्राणीको विकास सँगै विवेकको विकास भएको उनको भनाइ छ। चेतनाको सुरु वा अन्त्य छ वा यो स्थिर छ ? यो विषय सृष्टिको अन्त्यसम्म प्रश्न कै रुपमा रहन्छ।भौतिक विज्ञानले चेतनालाई ऊर्जाको रूपमा लिन्छ। उर्जा र चेतना फरक हुन् या होइनन् भन्ने विषय अहिलेसम्म विज्ञानको पहुँच भन्दा बाहिर छ।

अस्तित्ववादी शात्रले चेतनालाइ अस्तित्वकाे रुपमा व्याख्या गर्छन्।चेतना भित्र चेत हुन्छ। जसले बिबेकको विकास गर्छ । विवेकको विकास अस्तित्वको लडाइँ बाट भएको हो भन्ने अस्तित्ववादिहरुकाे धारणा छ। यही धारणा गीता ,उपनिषदमा पाइदैन। भगवद्गीताले चेतनालाई ब्रह्ममय ठान्छ र विवेकलाई प्राणीको प्रारब्ध। ईश्वरवादी र अस्तित्ववादी तर्क यही मतबाट कहिले टुङ्गोमा पुग्दैन ।

मास्लाेले मान्छे र पशुमा दुई कुराको भिन्नता देखाए। पशुसँग अनुमान गर्ने र आलोचना गर्ने स्वभाव हुँदैन ।जुन मानिससँग हुन्छ। पशुले अकस्मात स्वभाव परिवर्तन गर्दैन। जुन मानिसले गर्छ । तर चेतना ,पशु र मानिसमा बराबरी छ । यिनै विभेदक कारणले पशु र मानिस छुट्टिन्छन्। याे फरकपन मानिसभित्रको विवेक नै हो । व्यवस्थापकहरुले यही विवेकलाई उच्चतम प्रयोग गर्न खोज्छन्। जे भएपनि विवेकलई सार्वभौम रुपमा हेर्न सकिन्छ तर मानवताको विषय सार्वभौम हुदैन।

पश्चिमाहरु कुनै ईश्वर छैन , मानवता मात्र छ भन्छन। पश्चिमको विकास ईश्वर बादी चिन्तनबाट भएको छैन। मानवतावादी दर्शनबाट भएको छ। पूर्वीय चिन्तकहरु यही मानवतालाई अध्यात्मवाद, आत्मा, परमात्मा वा ईश्वरको प्रतिरूप मान्छन्। पदार्थलाई अन्तिम मान्ने विज्ञानले विवेकलाई पदार्थको विकाशकाे रुपमा लिन्छ। त्यसैले उनीहरू मानवतालाई स्वार्थको रुपमा प्रयोग गरिरहेका छन्। आणविक हतियारको होडबाजी र भौतिक विकासको चरम अवस्थामा मानवताको आवाज काेही सुन्नेवाला छैन।

अब मानवता कता जाँदै छ । माया, प्रेम, आदर्श, आविष्कार ,खोज ,युद्ध, उपकार ,सेवा सबैमा मान्छे लागिसकेको छ। र सबैभित्र मानवीयता वा मानवता कै खोजी गर्छ मान्छे । युद्ध गर्छ र भन्छ मानवता रक्षाको लागि युद्ध जरुरी छ।। धर्म र बिज्ञान दुबैले भन्छन मानवताको रक्षा गर्नुपर्छ ।सबै विज्ञानका आविष्कार र धर्मका व्याख्याहरु मानवताकै लागि भएको भनिन्छ।। यो अवस्थासम्म मानवतालाई बोकेर मानिस आइपुगेको छ। अब हामी कता जाँदैछौ।

विभेद ,युद्ध, शस्त्र ,परमाणु बमको प्रयोगले मानवता सङ्कुचित हुँदै गएको छ। विवेकको अंश घट्दै गएपछि मानवता विरुप देखिन्छ। जुन अहिले ब्याक्ती ,समाज देश र विश्वमै देखिँदै गएको छ।. अहिलेको मान्छेको स्वभाव र विश्वको चर्तिकलाले मानवता मर्दै गएको छ। उर्जा मर्दैन, जीव मर्छ ,चेतना रहिरन्छ , चेतना रहनुको अर्थ मानवता रहन्छ भन्ने पूर्वीय दर्शनले मानवताको संरक्षण गर्न सक्छ र। विवेकले पूर्ण विवेक (super wisdom)को सिर्जना गर्छ.? यी प्रश्नहरु रहस्यवादी दर्शनका विषयमात्र होइनन् भने मानवता मर्ने निश्चित छ। कालान्तरमा मानवता रहँदैन ।

जस्तै रोबोटले सबैलाई बराबरी देख्छ ।आदेश अनुसारको काम गर्छ। अन्य ग्रहहरुमा भएका भनिएका एलेन्सहरुहरुमा मानवता हैन तटस्थता समभावकाे विकास भएको हुनुपर्छ । प्रविधिको बिकास, स्वार्थीपन,, व्यक्तिगत स्वतन्त्रता,असामाजिकताको वृद्धिले मानिस र मानिसलाई विभेद गर्दैछ। यस्तै अवस्थाबाट मानवताको क्षयीकरण हुँदै जान्छ। मानिस वस्तुवादी हुँदै गएको छ। वस्तुवादी हुँदै गएपछि मानवता र मानवीयताको मृत्यु निश्चित छ। मानिस क्रमशः रोबोट जस्तै तथस्ट र बुद्धिमानी हुदै जाने निश्चित छ। त्यसपछि विवेकको विकास मानवताकाे रुपमा होइन ।वस्तुवादीतामा रहन्छ ।

अध्यात्मवादीहरु मानवता मर्दैन, यसलाई युग पुरुषहरुले बचाइराख्छन भन्ने दाबी गर्छन् ।वैज्ञानिकहरु विज्ञान,मानवता कै लागि हाो भन्छन। विज्ञानले विवेकलाई पदार्थ मान्छ। । उत्तर कोरियाको परमाणु बम ,जैविक हतियार, रुस युक्रेन बिचको युद्ध,अफगानिस्तान, पाकिस्तान समस्या,गरिबी र धनीको बढ्दै गएको खाडल, विश्वमा बढ्दै गएको गरिबी,आतंकवादले एकदिन मानिसलाई वस्तु बनाउँछ , दुईमत छैन। अहिलेको मानिसमा विवेकको अर्थमा यिनै विषयमा द्वन्द्व देखिएको छ ।कुनै पनि वस्तु वा पदार्थ अमर छैन भने जस्तै मानवताको मृत्यु निश्चित छ। ब्रह्माण्डकाे स्वरुप जस्तो रहेपनि चेतना वा ऊर्जा सधैभरी स्थिर रहन्छ भन्ने विज्ञानको रहस्य र विवेकले मानवताको रक्षा गर्छ भन्ने पूर्वी दर्शनको व्याख्याले अब मानवताको रक्षा गर्ला ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीको राजनीतिमा गच्छदारको कमब्याक : आठौँ पटक प्रतिस्पर्धामा

सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार आठौँ पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धामा छन्। २०४८ सालदेखि निरन्तर सुनसरी जिल्लाको उही क्षेत्रबाट उ...

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा निर्वाचन अघि टुंगिन नसक्ने संकेत

काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सुनुवाइका लागि तयार नहुनसक्ने संकेत देखिए...

सिंहदरबार आगजनीमा संलग्न व्यक्तिलाई प्रहरीले पाँच महिनापछि पक्राउ

काठमाडौं । भदौ २४ – जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले चितवनका महेन्द्र गौतमलाई पाँच महिनापछि पक्राउ गरेको छ। प्रहरी पर...

काठमाडौंमा सुनका गरगहनाका ठुला चोरीका आरोपी प्रेम थारु पक्राउ

काठमाडौँ । सामान्य लुगा लगाएर काठमाडौंका घर–घरमा हिँड्ने व्यक्ति पछिल्लो समय भएका ठुला चोरी घटनासँग जोडिएका थिए। तर वास्तविकता त्यति सामान्य थिएन। उनी...

जसपा, रामुपा र आजपा सक्रिय, उपत्यकामा नयाँ चुनावी चुनौती

काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले योपटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिती देखाएका छन्। तीन जिल्ला समेटिएको उपत्यकामा १५ निर्वाचन...

रूपन्देही १ : उम्मेदवारी विवादमा श्री कुँवर रास्वपा छाडे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रूपन्देही क्षेत्र नम्बर १ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले आफू...

टी–२० विश्वकप : चार टेस्ट राष्ट्र रहेको ‘समूह बी’मा रोमाञ्चक प्रतिस्पर्धाको सम्भावना

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२६ मा २० राष्ट्र सहभागी हुँदैछन्। प्रतियोगिताअन्तर्गत प्रत्येक ५ टोलीलाई एक–एक समूहमा विभाजन गरिएको छ। तीमध्ये ‘समूह...

सल्यानमा नयाँ अनुहारको भिडन्त : परम्परा तोड्ने कि इतिहास दोहोरिने?

सल्यान । कर्णाली प्रदेशअन्तर्गत पर्ने सल्यान जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र यसपटक विशेष चर्चामा छ। कारण एउटै—यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने ...

तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने भन्दै ढुक्क हुन सबैमा आग्रह गरेकी छिन्। बिहीबार जनक शिक्षा सामग्री ...

माघ २८ बाट कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। स्टोर पुनः सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE