Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

काठको बाकस

डिपी जैसी

पशुपतिको वागमती तिरमा हिँडिरहेको थिएँ । पछाडिबाट एउटा आवाज आयो ।  'अंकल!' मलाई नै बोलाएको जस्तो लागेर फर्केर हेरेँ । तर त्यहाँ कोहि पनि थिएन । म सरासर अगाडि बढेँ ।

'ओ डिपी अंकल' ! फेरी आवाज आयो । नाम नै लिएर बोलाएपछि अडिएर सुनेँ । त्यहाँ एउटा काठको बाकस बाहेक अरु कोही पनि थिएन ।  'अंकल, म बाकस भित्रबाट बोल्दैछु । मेरो कुरा सुन्नुस् न !' आवाजले स्पष्ट पार्दै भन्यो ।
श्मशानघाटमा भुत प्रेत हुन्छन् भन्थे । कुनै भूत प्रेत पो हो कि भनेर डर पनि लाग्यो । तर बिस्तारै बिस्तारै बाकस छेउमा पुगेँ ।

आवाजले छेउमा बस्न भन्यो ।  म बाकस छेउमा बसेँ । उसले आफ्नो कुरा शुरु गर्नु भन्दा पहिले मैले एउटा प्रश्न सोधेँ । तिमीले मलाई कसरी चिन्यौ ?

उसले भन्यो, 'हजुरले पनि मलाई चिन्नुहुन्छ अंकल । मेरो नाम रमेश हो । हजुरले र मैले दुबइ मेट्रोमा सँगै काम गरेका थियौँ । मेट्रोको काम सकिएपछि हजुर नेपाल फर्किनु भयो तर म चाँही अर्को कम्पनी ज्वाइन गरेर त्यहीँ बसेँ ।'

मैले दुबइ छोडेको निकै बर्ष भइसकेको थियो । तर पनि कतिपय मानिसहरुले मनमा कहिल्यै पनि नबिर्सने अमिट  छाप छोडेर गएका हुन्छन् । मैले दिमागलाई थोरै बल दिएर सोचेँ । रमेशको अनुहार आँखा अगाडि आयो । काममा लगनशील थियो । सहयोगी थियो । सबैले मन पराउँथे । 

नजिकै घाटमा जलिरहेको एउटा लास तर्फ संकेत गर्दै उसले भन्यो, 'ऊ त्यो पर जुन लास जल्दैछ नी अंकल, त्यो मेरो लास हो । नजिकै बसेर रोइरहनु भएको साठी वर्षे बृद्ध हुनुहुन्छ नी ! वहाँ मेरो बा हो । त्यो टाउकोमा सेतो टालो लगाएको मेरो छोरो हो । बल्ल दश बर्षको भयो । घरमा एउटी श्रीमती र पाँच बर्षे छोरी छन् ।  म घरको एक्लो सन्तान । मलाई जन्म दिएको एक हप्ता पनि नपुग्दै मलाई दुधे टुहुरो बनाएर आमा बित्नुभएको रे ! बा ले नै मलाई हुर्काउनु भएको हो । घरको ऋण तिर्न भनेर दुबइ गएको थिएँ ।  स्काफोल्डर थिएँ ।‌ चर्को गर्मीमा फलाम तातेर स्काफोल्डिङको 'लेजर' समाउन निकै गाह्रो हुन्थ्यो ।

तर पनि लगनशील भएर काम गरेको थिएँ । मेरो काम देखेर सबैले मलाई मन पराउँथे । अंकलसँग काम गर्दा मलाई निकै सजिलो भएको थियो । बिदेशमा भएपनि मैले एउटा अभिभावक पाएजस्तो भएको थियो । अंकलले बेलाबेलामा दिएको अर्तीले मलाई काम गर्ने जाँगर चल्थ्यो । बा लाई मेरो ठूलो आधार थियो । दैव पनि सोझोलाई नै लाग्दो रहेछ अंकल । आज परिवारलाई एक्लो पारेर म हिँडे । पन्ध्र बर्ष काम गरेर बल्ल बल्ल साहुको ऋण तिरेको थिएँ ।‌ कसरी बाँच्नु हुन्छ होला मेरो बा ! कसरी बाँच्छिन मेरी शीलु ! कसरी बाँच्छन् मेरा छोराछोरी ! मेरो आत्माले कहिल्यै शान्ति नपाउने भयो अंकल ! दुनियामा कुनै पनि बालाई काँधमा आफ्नो छोराको अर्थी उठाउन नपरोस् अंकल ! कुनै पनि छोराछोरीलाई बालापनमा टुहुरो हुन नपरोस्! कुनै शीलुहरुलाई लाउँलाउँ खाउँखाउँको उमेरमा विधवा हुन नपरोस्!' यति भनेर उसले लामो सास फेर्यो ।

मलाई निकै नरमाइलो लागिरहेको थियो । दुबइ मेट्रो मा काम गर्दाका क्षणहरु सम्झेँ ।  मैले सोधेँ, 'अनि बाबुलाई कसरी यस्तो भयो ।'

उसले भन्दै गयो, दुबइको गर्मी कस्तो हुन्छ भनेर अंकललाई त थाहै छ नी ! जहिले पनि शिवरात्री को धुनी तापे जस्तो । बाहिरको तापक्रम पचास भन्दा माथी थियो । पचपन्न डिग्री सेन्टिग्रेड जति अनुभव हुन्थ्यो । त्यो दिन बिहानैदेखि हाम्रो गाउँमा पुस माघमा लाग्ने हुस्सु जस्तै बाटो नै नदेखिने गरि वाफ उडिरहेको थियो । यस्तो बेलामा हावामा आर्द्रता धेरै भएर होला गर्मीको साथसाथै उखुम पनि खुप हुन्छ । स्वास फेर्नै गाह्रो हुन्छ । हजुरलाई त थाहा नै छ अंकल । शरिरबाट निस्कने पसिनाले कपडा भिज्ने बित्तिकै सुकिहाल्थ्यो। 

पसीनाको पानी सुकेपछि पसीनामा मिसिएको नुन जति कपडामै टाँसिएर कपडा सेताम्मे हुन्थ्यो । शरिरको पानी सकिएर होला छिनछिनमा पिँडौँला फर्किन्थे । त्यो दिन पनि यस्तै यस्तै भएको थियो । म र साथीहरु दिउँसोको सिफ्ट सकेर क्याम्पमा फर्किएका थियौँ । क्याम्पको एउटा कोठा यस्तै दश बाई दशको थियो होला । कोठामा तीनवटा दुइतल्ले खाट थिए । हामी छ जना त्यहाँ बस्थ्यौं । म खाटको माथिल्लो भागमा सुत्थेँ । दिनभरिको गर्मीले आत्तिएर नुहाउन गएको थिएँ ।‌ पानी पनि तातो थियो । 

जेनतेन गरेर नुहाएँ । नुहाएर रुममा फर्किँदा साथीहरुले कोठाको एसी चौध पन्ध्र डिग्रीमा लगाएका रहेछन् । शरिर चिसो भयो । सबैजना सँगै बसेर एक एक क्यान बियर पनि खाइयो । अघिपछि भन्दा त्यो दिन मलाई बियर बढी लागे जस्तो भएको थियो । मेसमा गएर खाना खायौँ । खाना खाँदाखाँदै मलाई छातीमा केही असहज भएजस्तो लाग्यो । रुममा गएर सुतेँ । त्यसपछि त सुतेको सुतै भएँ । भोलीपल्ट बिहान साइट जानेबेला सम्म पनि म नउठेपछि साथीहरुले थाहा पाएर हस्पिटलमा लगे । डाक्टरले मलाई मृत घोषित गर्यो ‌। मृत्युको कारण चाँही हृदयघात रहेछ ‌।

मैले उसलाई शान्त्वना दिन खोजेँ । फेरी सम्झेँ, मरेको मान्छेलाई के शान्त्वना दिनु । उ त सकिई सक्यो नी । तर पनि उसको आत्माको शान्तिका लागि भनेँ, 'यो संसारको रित नै यही हो रमेश;  भगवानलाई पनि राम्रो मान्छे चाहिने रहेछ; तिमी राम्रो थियौ त्यसैले हामीलाई भन्दा तिमीलाई पहिला लिएर गए ।'

मेरो कुरा उसलाई चित्त बुझ्यो कि बुझेन  थाहा भएन । लामो सास फेर्दै उसले आफ्नो दुखेसो पोख्दै भन्यो, 'अंकल हामीले खाडिको पचपन्न डिग्री सेल्सियस तातो बालुवामा पाइताला पोलेर, आफ्नो ज्यानको बाजी थापेर, रगत पसीना बगाएर  देशमा बिदेशी मुद्रा पठाउँछौँ तर यहाँ त त्यो बिदेशी मुद्रामा लुट हुँदो रहेछ । हामीले पठाएको बिदेशी मुद्राबाट महँगा महँगा गाडि किनिँदा रहेछन्, महँगा महँगा बिदेशी रक्सी किनिँदा रहेछन् ।

कृषि प्रधान देश भनेर के गर्नु खाद्यान्न आयात गरिँदो रहेछ । नुनदेखि लिएर सुनसम्म सबै कुरा किन्न बिदेशी मुद्रा चाहिने रहेछ । त्यो सबै हामीले रगत पसिना बगाएर पठाएको बिदेशी मुद्राबाट किन्ने त हो नी ! अन्तराष्ट्रिय बजारमा नेपाली नोट नचल्ने रहेछ । यस्तो दुर्लभ बिदेशी मुद्राको दुरुपयोग भएको देख्दा कसलाई दुख नलाग्दो हो अंकल  !

मैले उसको कुरामा सहमती जनाउँदै भनेँ, 'तिम्रो कुरा एकदम मनासिव हो रमेश । कुनै दिन कुनै सरकारले त बुझ्ला नी कुरो । सधैँ यस्तो त किन होला र !'

नजिक चितामा जलिरहेको लास जलेर खरानी भइसकेको थियो । उसले भन्यो, 'ल त अंकल अब मेरो जाने बेला भयो । मेरो कुरा सबैलाई सुनाइदिनु होला ।'

काठको बाकसबाट चरा उडेजस्तो 'भुर्र' को आवाज आयो । एउटा तेजिलो आकृति आकाशतर्फ उडेर गयो । 
मैले 'रमेश रमेश' भनेर दुइ पटक बोलाएँ । काठको बाकस मौन थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending