Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गराउँदै धनगढी उपमहानगर

खबरडबली संवाददाता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ ।  कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको चपेटामा परेपछि धनगढी उपमहानगरपालिकाले सो तालको अतिक्रण हटाउन अभियान थालेको हाे ।

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ सडुवाबाबा र अन्टा तालबाट अतिक्रमण हटाउने कामको थालनी गरेको छ । उपमहानगरपालिकाले सडुवाबाबा तालमा निर्माण गरिएका ५६ पिल्लरसहितको भवन सुरुमै भत्काइएको थियो । शुक्रवार बाँकी क्षेत्रका पक्की तथा कच्ची घरसहितका संरचना खाली गरिएको छ । कित्ता नम्बर ४ को नौ दशमलव ५ धुर क्षेत्रफलमा रहेको पोखरीका भौतिक संरचनाहरु खाली गरिएको छ ।

धनगढी उपमहानगरले नगर क्षेत्रका ताल तथा पोखरीको तथ्यांक संकलन गरेर अतिक्रमण खाली गर्न अभियान थालेको छ । क्रमिक रुपमा ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने धनगढीका नगर प्रमुख गोपाल हमालले बताए । उनले भने, ‘त्रिभूवन विश्वविद्यालयको पुर्नरभरन अध्ययनका लागि समूह आएको थियो । उहाँहरुले प्रतिवेदन बुझाउनुभएको छ । तालहरुको अतिक्रमण क्रमिक रुपमा खाली गर्दै जाने छौ ।’

धनगढीका सामुदायिक वनभित्रका प्राकृतिक ताल संरक्षित छन । बजार क्षेत्रका अधिकांश ताल अतिक्रमणमा परेका छन् । अतिक्रमणमा परेका तालहरुको संरक्षण र दीर्घकालीन प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले संरचना भत्काउन थालेको छ । नगर प्रमुख हमालले भने, ‘धनगढीका ८३ वटा तालको अध्ययन भएको छ । हामीले अंकित गरेका छौ । ताल ओगटेकाहरुले समयमा नै खाली गर्नुहोस । तालको जग्गा तपाइहरुको नाममा दर्ता हुँदैन ।

एक सय वर्ष बसेपनि खाली गर्नुपर्छ । क्रमिक रुपमा हामी सबै खाली गर्छौ ।’ धनगढी ७ मा मात्र सडुवाबाबा तालसहित, अन्टा ताल, मनिया ताल, लम्बा ताल, पोखरी, जाखौर ताल, सिरेगडैया ताल, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुत्ता तालसहित १० वटा ताल अतिक्रणमा परेको उपमहानगरपालिकाको तथ्याङ्क छ । वडा नम्बर ७ का सामुदायिक वन भित्रका बाहेक अन्य तालहरू अतिक्रमणको चपेटामा परेका छन् ।

ताल तथा पोखरीको अतिक्रमण खाली गर्ने र तालहरूको संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरभित्रका १९ वडा मध्ये वडा नम्बर ४ बाहेक अन्य वडाहरूमा कम्तीमा एक र बढीमा १२ तालसम्म रहेको विवरण तयार पारेर अतिक्रमण खाली गर्न थालिएको छ । वडा नम्बर १ को शिवनगरमा पाँच बिघा ७ कट्ठामा फैलिएको झागडा ताल छ । सो ताल पूरै अतिक्रमण गरिएको छ ।

वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ भने वडा नम्बर ३ मा गढैया ताल ९क०, गढैया ताल ९ख० र नेतुवा तालसहित तीनवटा ताल छन् । वडा नम्बर ५ मा दुई पोखरी रहेकोमा दुबैमा अतिक्रमण गरिएको छ । लब्लीचोकको उत्तरमा रहेको ७५० वर्गमिटर क्षेत्रफल र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी नक्सामा मात्रै सीमित छन् ।

त्यस्तै वडा नम्बर ६ मा नठुनिया ताल, कुइलही ताल, सुलखैया ताल, नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल डबरा ताल र दिदीबहिनी तालसहित ९ वटा ताल छन् । वडा नम्बर ८ मा बन्धवा र तौलाहा ताल छन् । बान्धवा ताल अतिक्रमण गरिएको छ भने तौलाहा तालको संरक्षण गरिएको छ । त्यस्तै, वडा नम्बर ९ मा चौफेरी र चन्द्रमुखी तालको पनि संरक्षण गरिएको छ ।

वडा नम्बर १० मा सबैभन्दा बढी १२ ताल छन् । सो वडाभित्रका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, भगहर ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल र मदेहर ताल पुरेर खेतीपाती गर्ने गरिएको छ । वडा नम्बर ११ मा बेला ताल, दुदैया ताल, बेलादेवीपुर धाम ताल र पोखरी तालसहित पाँचवटा ताल रहेका छन् ।

वडा नम्बर १२ मा ऋसैना ताल छ भने वडा नम्बर १३ मा मतकन्ना ताल रहेको उपमहानगरले जनाएको छ । वडा नम्बर १४ मा बक्तैहिया ताल, लामोहाल ताल, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको तालसहित ७ वटा ताल रहेको पाइएको छ । वडा नम्बर १५ मा भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल, करहिदबरा ताल रहेको पाइएको छ ।

वडा नम्बर १६ मा ८ वटा ताल रहेको फेला परेको छ । सो वडामा महादेवा ताल, सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया ताल रहेको पाइएको छ । यसैगरी, वडा नम्बर १७ मा ४ वटा ताल रहेको फेला परेको छ ।

सो वडामा पथरी पोखरी, कुसुम ताल, पोखरी, सरौटा पोखरी रहेकोमा वडा नम्बर १८ मा नुकिल ताल, लाली गुँरास वन भित्रको ताल, तीन टुरपी ताल पतन्जलि ताल र श्रीकृष्ण ताल रहेको उपमहानगरले बताएको छ । यस्तै, उपमहानगरको वडा नम्बर १९ मा ६ ताल रहेका छन् । सो वडामा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, पुरैना ताल र छोरलहुवा ताल रहेको पाइएको छ । धनगढी उपमहानगरले तालहरुको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने नीति लिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली नदी सतर्कता तह पार, तटीय बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending