Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बामदेव एमालेमा फर्कन आतुर, उचित जिम्बेवारी दिएर पार्टीमा फर्काउन ओलीसँग आग्रह

विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले  विगतमा आफुबाट कमजोरी भएको स्वीकार गर्दै  पार्टीमा फर्काउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।

सोमबार ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि भने, “विगतमा मबाट कमजोरी भयो, अहिले पार्टीमा फर्किनका लागि आतुर छु । चाँडै फर्काउनुस् ।"  स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।

उनको भनाइ जस्ताको त्यस्तैः

पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो। हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यसो कमिटीले के निर्णय गर्‍यो आजसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो। मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो।

मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ। तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन। अब एक्लै के गर्नु र ? अलग बसे।

त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो। आज घाटा लागेको छ। तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ।

त्यस बेला मैले पार्टी फुटाएको होइन। ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो। रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो।

अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो। तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु। मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending