Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

बामदेव एमालेमा फर्कन आतुर, उचित जिम्बेवारी दिएर पार्टीमा फर्काउन ओलीसँग आग्रह

विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले  विगतमा आफुबाट कमजोरी भएको स्वीकार गर्दै  पार्टीमा फर्काउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका छन् ।

सोमबार ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको अगाडि भने, “विगतमा मबाट कमजोरी भयो, अहिले पार्टीमा फर्किनका लागि आतुर छु । चाँडै फर्काउनुस् ।"  स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।

उनको भनाइ जस्ताको त्यस्तैः

पार्टी फुटेपछि एक पटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यस बेला म आइन, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो। हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यसो कमिटीले के निर्णय गर्‍यो आजसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो। मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो।

मैले महसुस गरे पछिल्लो पटक दुईटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो। म कतैतिर लागिनँ। तर, दुवैतिरका नेताहरूले अहिले पनि भन्छन् फुटाउने वामदेव हो भनेर । मैले मिलाउन प्रयास गरेको हो कसैले साथ दिनुभएन। अब एक्लै के गर्नु र ? अलग बसे।

त्यही बेलामा उहाँले बोलाउनुभएको थियो, आइन बोलाएको बेलामा जानुपर्थ्यो। आज घाटा लागेको छ। तर, मलाई केपीतिर बस्दा प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर लाग्दा ओलीको गाली गर्नुपर्ने अवस्था थियो। मैले त्यसो गर्न नसकेर दुवैतिर गइनँ।

त्यस बेला मैले पार्टी फुटाएको होइन। ०५४ सालमा पनि मैले पार्टी फुटाएको होइन निष्कासन गरेपछि कुनै उपाय नभएर अलग पार्टी बनाइयो। रियलाइजेसन भएपछि फर्केर आइयो। अहिले पनि उहाँले बोलाएको बेलामा जानपर्थ्यो।

अब पनि म तपाईँको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो। तपाईँले हासिल गरेको उपलब्धि भन्दा बढी हासिल हुने गरी आउँछु। मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउने गरी योजना बनाऔँ। मैले त्यस बेलै भनेको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...

अनुदान पाएपछि पौवादुङमाका महिला व्यावसायिक बङ्गुरपालनमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...

वर्तमान सरकार ‘भवितव्य’को उपज हो : ओली

इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...

ग्यास अभावको दर्दनाक दृश्य : बिहानैदेखि ठिमीमा सिलिन्डरको लाइन

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहँदा उपभोक्ताको सास्ती घट्नुको साटो झन् बढेको छ। सरकारले विभिन्न स्थान तोकेर ग्यास वितरण...

ग्यास अभावले साना होटल तथा रेस्टुरेन्ट बन्द

सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध...

घयरे खोलामा बाढी आएपछि अलपत्र परेका चार जनाको सकुशल उद्धार

तनहुँ । अविरल वर्षापछि तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित घयरे खोलामा आएको बाढीका कारण अलपत्र परेका चार जनाको प्रहरीले सकुशल उद्धार गरेको छ । खेत ...

पहिरो पन्छाएपछि सञ्चालनमा आयो पृथ्वी राजमार्ग

चितवन । इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा खसेको सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । गएराति करिब १०ः२५ बजे पहिरो खसेपछि...

जाजरकोटमा पहिरोको वितण्डा : १० जना घाइते, तीन जना बेपत्ता

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् । पहिरोपछि तीन जना सम्पर्कविहीन भ...

रोल्पामा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुरिँदा ७२ ...

आज देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending