Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

धान रोपाइँको चटारोमा किसान

खबरडबली संवाददाता

कैलाली । कैलाली, कञ्चनपुरलगायतका जिल्लाका किसानलाई यतिबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतको रुपमा बर्खे धान बाली रहेकाले बोरिङको पानी तानेर भए पनि रोपाइँ गर्नै परेको धनगढीका किसान मानबहादुर चौधरीले बताए । “यसैबाट जीविका चलाउँनु छ, ब्याड तयार भइसकेकाले अहिले धान नरोपे कहिले रोप्ने, उखरमाउलो गर्मी भए पनि रोपाइँ गर्नै पर्‍यो”, खेत जोत्दै गरेको भेटिएका कृषक चौधरीले भने । 

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले अहिलेसम्म जिल्लामा रोपाइँ हुने जग्गाको झण्डै १२ प्रतिशतमा रोपाइँ पूरा भएको बताए । “वर्षा भए पनि रोपाइँका लागि पर्याप्त छैन”, उनले भने, “वर्षाको पानीले खेतको माटो भिजाएर बोरिङको पानी कम मात्रामा लाग्नेसम्म बनाएको छ ।” 

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा यस वर्ष मनसुन एक हप्ताअघिनै प्रवेश गरे पनि ठूलो वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका सूचना अधिकारी सिङ्गल चौधरीले यस वर्ष सरदर कम वर्षा हुने अनुमान गरिएको बताए । 

मनसुन भित्रिएको एक हप्तायता अत्तरिया धनगढी क्षेत्रमा पटकपटक गरी झण्डै एकसय २५ मिमि मात्र वर्षाको मापन भएको छ । धान रोपाइँ गर्ने, हिलो बनाउने, काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्दा खेती गर्न पहिलेको भन्दा सजिलो भएको कृषकको अनुभव छ । 

यी औजारको प्रयोगले समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्ने हुँदा रोपाइँ गर्न सहज भएको धनगढीका किसान वीरबहादुर रानाले बताए । “खेती गर्न र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर आधुनिक मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, रानाले भने, “समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।” 

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशको पानीको भरमा धान रोपाइँ हुने गरेको छ । कैलाली जिल्लामा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ५० हेक्टरमा बर्खे धान खेती हुने गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending