काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा मन्त्री मोदी र राजदूत टियोङ्गबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध रहेको बताए । “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्धिपक्षीय सम्बन्ध र सहयोग अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ” राजदूत टियोङ्गले भेटका क्रममा भने ।
मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध घनिष्ट एवम् मैत्रीपूर्ण रहिआएको बताए । जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य मान्यता नै बुहपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, “यस सम्बन्धलाई अझ प्रागाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।”
दुवै देश र जनताको परस्पर हित र सम्बन्धलाई अझ प्रागाढ र बलियो बनाउनका लागि कोरिया सरकारसँग द्धिपक्षीय र बहुपक्षीयस्तरमा नजिकको सम्बन्ध कायम गरी काम गर्न चाहेको समेत मन्त्री मोदीको भनाई थियो ।
भेटका क्रममा राजदूत टियोङ्गले मन्त्री मोदीको आगामी असार २० गतेबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना पनि दिएका छन् । मन्त्री मोदी कोरियाको दोश्रो ठूलो सहर बुसानमा २० असारबाट आयोजना हुने ग्लोबल साइमउल अन्डंग मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...
बैशाख १४ गते, २०८३ - ०९:०४
पोखरा । चुनाव आउँदा ‘व्यवस्थापन’ को वाचा गरिने, चुनाव सकिँदा फेरि बिर्सिने—पोखराको सुकुमवासी मुद्दा यतिबेला फेरि तातिएको छ। तर यसपटक बहस मात्रै होइन, ...
बैशाख १४ गते, २०८३ - ०८:४६
विराटनगर। ओखलढुङ्गाको दुर्गम पहाडी गाउँ गाम्नाङ्टारबाट सुरु भएको एउटा साधारण यात्रा ३७ वर्षपछि कोशी प्रदेशको स्वास्थ्य प्रशासनको शीर्ष जिम्मेवारी सम्ह...
बैशाख १४ गते, २०८३ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले विगत केही दिनदेखि बजार क्षेत्रबाट फोहरमैला सङ्कलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभ...
बैशाख १४ गते, २०८३ - ०७:५९
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिन...
बैशाख १४ गते, २०८३ - ०७:४८
बागलुङ । यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । ...
बैशाख १४ गते, २०८३ - ०७:४३
काठमाडौं । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कार...


प्रतिकृया लेख्नुहोस्: