काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा मन्त्री मोदी र राजदूत टियोङ्गबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध रहेको बताए । “नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्धिपक्षीय सम्बन्ध र सहयोग अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ” राजदूत टियोङ्गले भेटका क्रममा भने ।
मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध घनिष्ट एवम् मैत्रीपूर्ण रहिआएको बताए । जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य मान्यता नै बुहपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, “यस सम्बन्धलाई अझ प्रागाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।”
दुवै देश र जनताको परस्पर हित र सम्बन्धलाई अझ प्रागाढ र बलियो बनाउनका लागि कोरिया सरकारसँग द्धिपक्षीय र बहुपक्षीयस्तरमा नजिकको सम्बन्ध कायम गरी काम गर्न चाहेको समेत मन्त्री मोदीको भनाई थियो ।
भेटका क्रममा राजदूत टियोङ्गले मन्त्री मोदीको आगामी असार २० गतेबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना पनि दिएका छन् । मन्त्री मोदी कोरियाको दोश्रो ठूलो सहर बुसानमा २० असारबाट आयोजना हुने ग्लोबल साइमउल अन्डंग मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: