काठमाडौं। महिनावारीको समयमा सरसफाईमा ध्यान दिनु हरेक महिलाका लागि अति नै कठिन हुन्छ । यसका साथै महिनावारीको समयमा प्रायः महिलालाई विभिन्न किसिमका समस्याको सामना गर्नु पर्छ ।
धेरै महिलाहरुमा यो समयमा कम्पन, ज्वरो, नराम्रो पाचन र मूड स्विङ आदिको अत्यधिक समस्या हुन्छ ।महिनावारीको समयमा महिलाले विभिन्न कुराहरुमा ध्यान दिनु पर्छ । यसका साथै महिनावारीमा हुने विभिन्न भ्रामक कुराहरुले गर्दा महिलाहरु यो क्रममा बढी सर्तक रहनु पर्छ ।
सामान्यतया, महिनाबारीको क्रममा महिलाहरुले स–साना गल्ति गर्ने गर्छन् । यी हुन् ती गल्तिहरुः
प्लास्टिक अथवा कडा वस्तुबाट बनेको प्याड
बजारमा विभिन्न किसिमका प्याडहरु उपलब्ध छन् । यसका साथै प्रतिस्पर्धा हुनाले विभिन्न ब्राण्डले सस्तो मूल्यमा प्याडहरु बेच्छन् । तर धेरै महिला प्याडको डिटेल नपढिकन प्रयोग गर्छन् । जबकि सधैँ कटनले बनेको प्याडमात्रै प्रयोग गर्नु पर्छ । प्लास्टिकबाट बनेको प्याड हानिकारक हुन्छ । यसका साथै त्यस्ता प्याडको प्रयोगले संक्रमणको खतरा पनि बढ्छ । त्यसैले सधैँ कटनले बनेको प्याड नै प्रयोग गर्नु पर्छ ।
दुखाइ कम गर्ने औषधि
धेरै महिलाहरुलाई महिनावारीको समय पेट दुख्छ, जसलाई कम गर्न उनीहरु दुखाई कम गर्ने औषधि सेवन गर्छन् । यसका साथै बजारमा पनि महिनावारीको क्रममा खानका लागि भनेर विभिन्न पेन किलर उपलब्ध हुन्छन् । तर दुखाई कम गर्नका लागि प्रयोग हुने त्यस्ता औषधिहरु हाम्रो शरीरका लागि हानिकारक हुन्छ । यसको सेवनले हृदयघात, पेटमा ब्याक्टेरियाको खतरा बढ्छ ।
प्याडको लामो समय प्रयोग
लामो समयसम्म प्याडको प्रयोग गर्ने धेरै महिलाहरुको बानी हुन्छ । यसका साथै रगत कम बग्ने हुनाले धेरै महिला एउटै प्याड लामोसम्म प्रयोग गर्छन् । यद्यपि, हरेक ६ घण्टामा प्याड परिवर्तन गर्नु आवश्यक छ । लामो समयसम्म प्याड प्रयोग गर्नाले संक्रमण हुने खतरा बढ्छ ।
पानी कम पिउनु
धेरै महिला महिनावारीको समय धेरै कम पानी सेवन गर्छन् । यसको साथै क्रेभिङका कारण अत्यधिक फास्ट फूड अथवा स्न्याक सेवन पनि गर्छन् । डिहाइड्रेशन हुनाले शरीरमा कम्प अथवा पेट दुख्ने समस्या बढ्छ । यसका साथै पखाला लाग्ने समस्या पनि हुन्छ । महिनावारीको समय पर्याप्त मात्रामा पानी पिउने कोशिश गर्नु पर्छ ।
सेन्ट प्रोडक्ट प्रयोग गर्नु
बजारमा महिनावारीका लागि विभिन्न किसिमका प्रोडक्ट उपलब्ध छन् । जसमा सेनेटरी प्याड बढी प्रयोग हुन्छ । विभिन्न सेनेटरी प्याडमा धेरै सेन्ट हुन्छ । यसले ओडोरको समस्यालाई कम गर्छ भन्ने हामीलाई लाग्छ । तर यो हाम्रो शरीर र छाला दुवैका लागि धेरै हानिकारक हुन्छ । बासना राम्रो होस् भन्नका लागि विभिन्न किसिमको हार्शको प्रयोग गरिन्छ । त्यसैले नन टक्सिक प्रोडक्ट किन्नु पर्छ ।
महिनावारीको समयमा रंगमा ध्यान दिनु
धेरै महिला महिनावारीको समय रगत बढी बग्ने समस्या हुन्छ । यसको साथै प्रायः महिलाले रगतको रंगको बारेमा ध्यान दिँदैनन् । महिनावारीको समयमा आउने रगतको रंगको बारेमा ध्यान दिनु आवश्यक छ । बढी गाढा, खैरो, गुलावी अथवा हल्का रंगको रातो, कस्तो किसिमको रगत बगेको छ ध्यान दिनु पर्छ । असामान्य भए डाक्टरसंग सल्लाह लिनु पर्छ । कस्तो किसिमको रगत हानिकारक हुन्छ र यसको कारण के हो भन्ने बारेमा थाहा हुनु आवश्यक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: