Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

पशुपतिको जलहरी- मुचुल्कामा एउटा तौल, परीक्षणमा अर्कै

खबरडबली संवाददाता

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह) मा राखिएको जलहरीको तौल मुचुल्का र परीक्षणमा फरक–फरक पाइएको छ । करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । 

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो । जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन । 

महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।

अख्तियारले उजुरीमाथि प्रारम्भिक छानबिन गरेर कोषका पूर्व तथा बहालवाला पदाधिकारी/कर्मचारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र कालिगडसँग बयान लिएको थियो । त्यसपछि थप अनुसन्धान अघि बढेको थिएन । सुरुमा राखिएको सुनको परिमाण कति भन्ने पहिल्याउन पनि अख्तियारले चासो दिएको थिएन । जलहरी निकालेर वा त्यहीं परीक्षण गर्ने भन्नेमा ‘प्राविधिक’ कठिनाइ देखाएर अख्तियार मौन बस्यो । जलहरी प्रकरणबारे संसद्मा समेत आवाज उठेपछि मात्र अख्तियारले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो ।

अख्तियारले आइतबार कोषका पदाधिकारी, सुरक्षाकर्मी, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी, पुरातत्त्व विभागलगायतलाई साक्षी राखेर जलहरी परीक्षण गरेको थियो । त्यस क्रममा जलहरीको तौल २०७७ फागुन ११ को मुचुल्कामा उल्लेख गरिएभन्दा फरक पाइएको हो । मुचुल्कामा रिङमा प्रयोग भएको सुनको परिमाण खुलाइएको छैन । यस प्रकरणमा मुछिएका कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग मुचुल्काको विवरण र अख्तियारले लिएको तौलमा किन फरक पर्‍यो भन्ने जिज्ञासा राख्दा ‘यस विषयमा अहिले नबोलौं’ भन्दै उनी पन्छिए ।

कोषका पूर्वअधिकारी भने ढिलो गरेर जलहरीको परीक्षण गरिएको र आरोपित बहालमै रहेको भन्दै चोख्याउन ‘चलखेल’ भइरहेको आशंका गर्छन् । कोषका पूर्वसदस्यसचिव गोविन्द टण्डनले अख्तियारले आइतबार लिएको तौलबाट मात्रै ‘ठीकठाक छ’ भन्न नमिल्ने बताए ।

‘जलहरीको काम र निर्णय सबै हतार–हतारमा भयो । विवाद भएपछि तौलिने काम पनि हतारमै सकियो,’ उनले भने, ‘जलहरीको तौलभित्रको रहस्यको कुरा त आएकै छैन । खासमा जलहरीमा अन्य धातुको मिसावट कति भन्ने विषय स्पष्ट भए मात्रै सबैको जिज्ञासा र उत्सुकता मेटिन्छ ।’ पूर्वसदस्यसचिव टण्डनले जलहरीका विषयमा अख्तियारले समयमै अनुसन्धान र परीक्षण नगर्नु नै गलत रहेको बताए ।

कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य जलहरी निर्माणमा हरेक कोणबाट अनियमितता देखिएको तर राजनीतिक दबाब र प्रभावमा आरोपितलाई अख्तियारबाट उन्मुक्ति दिलाउन दौडधुप भइरहेको बताउँछन् । ‘जलहरी राख्नुअघिको मुचुल्कामा एउटा परिमाण देखिन्छ, २ वर्षपछि अख्तियारले तौल लिँदा अर्कै । त्यसमा पनि आधा केजी कम छ । त्यति त जर्ती र दूधले नुहाएर कम भएको भन्ने जिकिर गर्न थालेका छन् । यो सरासर अनियमितता ढाकछोप गर्ने नियत हो ।’

वैद्यले जलहरी निर्माणका लागि कालिगडलाई गरिएको ज्याला भुक्तानी पनि शंकास्पद रहेको बताए । ‘जलहरी राख्ने अनुमति पाएको कोषले गर्भगृहमा १० केजीभन्दा बढी सुनका रिङ राख्न कोबाट अनुमति लियो ?’ उनले भने, ‘जलहरी राख्ने क्रममा प्राचीन स्मारकसम्बन्धी कानुन पनि मिचिएको छ ।’ उनले संसद् र संसदीय समितिमा प्रश्न उठेपछि मात्रै अख्तियारले दबाब र प्रभावमा जलहरी परीक्षण गरेको टिप्पणी गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending