Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

लोकप्रियताको पासोमा बालेन !

शैलेन्द्र घिमिरे

कहिलेकाहीँ यस्तो हुन्छ, लोकप्रियतावादको जाँतोमा मुलुक पिसिन्छ । मुलुकको त्यो दुखाईबाट एक हिरो निष्किन्छ । अन्तिममा हिरोसँग न देश हुन्छ, न नागरिक हुन्छन् र जमिनका लागि योगदानको अपेक्षा राख्नेहरू नै ।

बालेनको कदम जङ्गलमा आगो लागेको बेला अगेनोमा पानी खन्याउने कदम हो । जसले मानिसहरूलाई जङ्गलमा आगो लागेको खबर मात्र दिँदैन घरका मानिसलाई भोक पनि दिन्छ ।

काठमाडौंका पढालेखा मेयरले आफ्नो पृष्ठभूमिमा त ग्रेटर नेपालकै नक्सा राखिदिए । सामाजिक संन्जालमा उनलाई अमरसिंह थापा जत्तिकै देखाउने हतारो छ ।

अक्सर राजनीतिमा प्रयोग भइरहने शब्दावली हो, लोकप्रियता । प्रगतिशील धारका अनुसार यो शब्द बुर्जुवा वर्गको प्रयोग हो, जसले विचारको ठाउँमा व्यक्तिलाई प्राथमिकता दिएको हुन्छ । विषयको अतिरञ्जना गर्छ र व्यक्ति बिना भविष्य हुँदैन की भन्ने आशङ्का जन्माउँछ । सत्य कुरा त के भने मानिस विचार द्धारा नै निर्देशित हुन्छ र उसका क्रियाकलापमा विचारको प्रकटीकरण हुन्छ ।

लोकप्रियता समाजवादी चिन्तनका बिरुद्ध बुर्जुवाहरूले निर्माण गर्ने त्यो तुफान हो जसको आयु केही छिनको हुन्छ र सकिन्छ । यसले दिर्घकालिन र बलियोपनमा विश्वास गर्दैन । यसको सघनता कति छ भन्ने कुराले परिणाम कस्तो आउँछ भन्ने कुराको निर्धारण गर्दछ । असलमा यो पानीको फोका जस्तै हो र यसको उत्पादन भनेको अराजकता वा अस्थिरता नै हो ।

कतिपय मानिसलाई लागेको छ नेपालको पूर्व नक्सा राखेर वर्तमानको राष्ट्रिय चेत अब्बल हुन्छ । यसले निशंकोच छिमेकीको प्रताडित मनमा केही छिनको शीतलता त पैदा गर्छ तर, असलमा छिमेकसँगको पारस्परिकताको अन्त्य गरी सम्बन्धमा जटिलता पनि थप्छ । तर्कका हिसाबले यो कायर तर्क हो तर विज्ञानले भन्छ ‘ठुलोको छाँयामा सानो पर्नु लगभग सत्य कुरा हो’ । कि त्यो असाध्यै निकट भएर छाँयामा पर्छ वा कटुतापूर्ण सम्बन्ध भएर छाँयामा पर्छ । छाँयामा पर्ने निश्चित हुँदा हुँदै पनि हेप्न र पेल्न नसक्ने भनेको विचारको श्रेष्ठताले हो । तर्कमा हो र योजनामा हो । हामी योजनामा छैनौ । छौं त केवल लहडबाजीमा । लहडबाजी र मनको मेखो मराइले हामीलाई थप कमजोर बनाइरहेको छ ।

अझ लडाइँको विज्ञानले  के भन्छ भने, ‘लड्नु छ भने सानो छौ ,झन् सानो बन, एकताबद्ध पहलकदमीका साथ छरिएर हमला गर । विपक्षीको भन्दा अव्वल रसद पानी, सूचना र वन्दोवस्ती सहित हतियारको सटिकतालाई थप निखार । चालवुझ र प्रतिचाल बनाऊ । प्रतिखेमामा अन्तर्विरोध उत्पन्न गर । टुक्रा टुक्रा पार र पराजित गर ।’ नेपालको पूर्व नक्साले माथिका मध्ये कुनै काम गर्दैन बरु छिमेकलाई हामी विरुद्ध एकताबद्ध बन्न थप सहयोग  मिल्छ, एकता बद्ध भइ नै रहेको छ ।

लोकप्रियता अन्य देशका लागी नौलो नभए पनि हाम्रो लागी यो नौलो कुरा नै हो । विश्वेश्वर कोइराला ०१५ सालमा पलपुर भएर दुई तिहाइमा पुगेका होइनन् । यी त ००७ का विजेता थिए र अनुमोदित भए  । ०४६मा काँग्रेस एमाले विजेता थिए  र ०४८मा अनुमोदित भए । माओवादी ०६३ मा विजेता थियो र ०६४ मा अनुमोदित भयो । 

गत स्थानीय निर्वाचनमा  भने केही स्थानमा स्वतन्त्रहरूले जिते, यो डिजिटल लोकप्रियतावादको एक नवीन प्रयोग थियो । नियोजित तवरले चलाइएको यो अभियान काठमाडौंमा सफल भयो र बालेन्द्र साह काठमाडौं महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भए । काठमाडौँ त्यो सहर हो जहाँ पछिल्लो डिजिटल पुस्ता हुर्कँदो छ ।

मुलुक कठिन तपस्या र वीरतापूर्ण युद्धहरूले निर्माण गरेको हो भन्ने यो पुस्तालाई लाग्दैन वा जान्दैन । यो वर्तमान प्रति जबाफदेही पुस्ता हो । जो क्लबर्मा याप हान्छ र विजेता जो हो उसैको बन्छ । खासमा यो नेपालमा हुर्केको अमेरिका, युरोप वा अस्ट्रेलिया हो । जसका रङ्गिन सपनाहरू छन् र तिनीहरूले अप्ठ्यारो जान्दैनन् । जसको अनुभवमा दुख छैन र जियाइमा  इतिहास हुँदैन । यही पुस्ताले बालेनलाई सत्ता रोहण गराएको हो  । एक हिसाबले उनि काठमाडौंको नेता प्रतिको चरम निराशाको परिणाम समेत हुन् ।

सामाजिक संञ्जाल निर्मित  लोप्रियतावाद  सघन संवादमा रहेन भने त्यसको आयु लामो हुँदैन । यस कारण  बालेनका लागी नयाँ फण्डा अनिवार्य थियो । उनले ग्रेटर नेपालको नक्सा आफू पछाडि उभ्याए । लोकप्रियतावादको विशेषता भनेको गडबडी गर्नु गडबडी गर्नु र गरी रहनु हो । गडबडी साकर होस वा नकार । उनीहरूले उभ्याउने फण्डाको दुरी जति लामो हुन्छ लोकप्रियतावाद त्यति नै कमजोर हुन्छ । त्यस कारण बालेनको अहिलेको कदम नेता प्रति अविश्वास गरी रहेका नागरिकको ध्यान आफूतिर खिच्नु हो । 

यसमा उनी सफल नै देखिन्छन् तर यो अर्थ न व्यर्थको कुरा हो । उनी यदि साँच्चिकै भारतीय दादागिरीको विरुद्ध छन् भने उनी पर्दा बाहिर आउनु पर्दछ । जनतालाई भन्नु पर्दछ  आऊ सङ्गठित वनौ र भारतका सबै खाले अन्यायका विरुद्ध उठौँ । तर, उनी यसो भन्न तयार छैनन् । बरु कालो चस्मा लगाएर बिस्तारामा गएर अर्को फण्डाको उत्पादन कसरी गर्ने भन्ने चिन्तामा छन् ।

साना मुलुकले ठुला मुलुकलाई बराबरीको सन्देश दिने एक मात्र तरीका छिमेकीको उपभोग्य वस्तुमा आफूमाथिको निर्भरता बढाउनु र पेचिलो  कूटनीति निर्माण गर्नु हो । सही हो हामी यी दुवै कुरामा कमजोर छौं । हामी कमजोर हुनुको  कारण नेपालको सत्ता रोहणको प्रमुख र निर्णायक खेलाडी छिमेक हो भन्ने विश्वास हुनु हो । यसले हामीलाई छिमेकसँगको टेबुल बसाइमा  कमजोर बनाउने गरेको छ । तर, जनता यस्तो चाहदैनन् । जनता आफ्नो नेता जङ्गलको सिंह जस्तो होस भन्ने ठान्दछन् बरु उ भएकै कारण दुख किन नपाइयोस् ।

आज युक्रेनको अवस्था लगभग यही हो । युक्रेनी राष्ट्रपति मृत्यु बाँडिरहेका छन् । तर त्यो मृत्यु मुलुकको मूल्यमा सामान्य हो भन्ने युक्रेनी नागरिकको बुझाइ छ । कहिलेकाहीँ यस्तो हुन्छ, लोकप्रियतावादको जाँतोमा मुलुक पिसिन्छ । मुलुकको त्यो दुखाईबाट एक हिरो निष्किन्छ । अन्तिममा हिरोसँग न देश हुन्छ, न नागरिक हुन्छन् र जमिनका लागि योगदानको अपेक्षा राख्नेहरू नै  । समयको यो क्रूरता नबुझ्नेले न नेतृत्व गर्न सक्छ न त मुलुकलाई पार लगाउन नै । यो भीषण बाढीको मध्य खोलामा हात छोडी दिने कुरा हो जो सबैका लागी घातक छ ।

नेपालले आफ्नो भूगोलको अंश मानेर  नक्सामा कालापानी  थपेको तिन वर्षमा पनि नेपाल सँग नक्सा बाहेक केही छैन । दसी प्रमाणले जे–जे बोलेको भए पनि भारतले यो कुरा मान्दैन र नेपालले  भारतको सेना बसेको भूगोल आफ्नो नक्सामा राख्दा चुँ सम्म बोल्दैन । उनीहरूलाई थाह छ यसले केही फरक पार्दैन र स्याल हुइयाँ मच्चाउनु पर्ने कुनै दरकार छैन । अर्थात् उ शान्त छ । 

भारतले संसद्मा राखेको नक्सा जुन नक्सामा छिमेकी मुलुकका केही हिस्सा हरू पनि छन् त्यो नक्साले हाम्रो भने दिमाग हल्लाएको छ । काठमाडौंका पढालेखा मेयरले आफ्नो पृष्ठभूमिमा त ग्रेटर नेपालकै नक्सा राखिदिए । सामाजिक संन्जालमा उनलाई  अमरसिंह थापा जत्तिकै देखाउने हतारो छ । सही हो मानिसहरू चाहन्छन् ग्रेटर नेपालको नक्सा नेपालको संसद्मा पनि उभियोस् । किनकि यो हाम्रो वहादुरिताले भरिएको विगत हो । 

हाम्रो युद्धकलाको त्यो उत्कर्ष हो, जसले हामीलाई कहिल्यै गुलाम बन्न दिएन । यसो गर्न सकिन्छ । नसकिने कुरा छैन तर, नक्सा राखेको वा नराखेको कारण कोही देशभक्त हुने र नहुने होइन । देश मिठा नारा र आख्यानले मात्र बन्दैन । यसकालागी गंभिर र चलाखीपूर्ण कूटनीतिक क्षमता भएको  नेता चाहिन्छ । बालेनको कदम जङ्गलमा आगो लागेको बेला अगेनोमा पानी खन्याउने कदम हो । जसले मानिसहरूलाई जङ्गलमा आगो लागेको खबर मात्र दिँदैन घरका मानिसलाई भोक पनि दिन्छ । भोकले मानिसलाई फेरी पनि निम्छरो मात्र बनाउँछ । निम्छरोपन देशभक्त हुँदैन ।

सामाजिक संन्जालमा आरतीका अपेक्षामा उठाइने यस्ता कदमले हाम्रो कमजोर कूटनीतिलाई व्यक्त गर्दछ । लोकप्रियताको अपेक्षाले दूरगामी असर देख्न नसक्नु आफैमा अक्षमताको सूचक हो । देशले हारे पनि आफूले जित्ने मनसाय गलत छ । देश युग युग बाँच्नु पर्छ यो हाम्रो सपनाको सानो फूलबारी यसलाई छिमेकीले अपेक्षा गरेझैँ केश्राकेश्रामा नबाडौ । देश भक्ति गरौँ ,देशलाई हराउने काम नगरौँ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending