Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

वीपी प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने स्वास्थ्यमन्त्री बस्नेतकाे प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन्  । 

उनले वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यालय बनाउन आफुहरु लागि पर्ने आश्वसन समेत दिएका छन् । 

मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नसकिने वताउँदै भने –‘तपाईहरुले उठाएको माग प्रति म सकारात्मक छु , प्रतिष्ठानको बारेमा म जानकार छु ,संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रि वस्नेतले भने –प्रतिष्ठानको समस्या छाता ऐन होइन , चिकित्सा शिक्षा आयोगको हो ।

प्रतिष्ठानको समस्या छाता ऐन नभएको बताउदै उनले विभिन्न आयोगको नाममा बनेका विभिन्न नितिको कारण  प्रतिष्ठान धारासायी बन्दै गएको वताए । विभिन्न समयमा व्यक्तिगत स्वार्थमा बनेका निति सगै प्रतिष्ठानको आन्तरिक कारणले प्रतिष्ठानको अवस्था नाजुक बन्दै गएको मन्त्रि वस्नेतको भनाई  थियो । आयोगले विद्यार्थी संख्या घटाउनु हुदैन थियो, प्रोफेसर  कम भए थप्न सकिन्थ्यो  उनले भने –अनुसन्धान सगै अध्ययन अध्यापनमा समेत देशकै उत्कृष्ट संस्थामा विभिन्न वहानामा  देखाएर  विद्यार्थी संख्या घटाउनु  गलत कार्य थियो ।

उनले आफु मन्त्रि रहे सम्म प्रतिष्ठानको हित  विपरित नितिगत या  अन्य कुनै पनि कार्य हुन नदिने  वताउदै धरानवासी समेत सचेत हुन आवश्यक रहेको वताए । धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठानको  गरिमा जोगाइराख्न आफु सदैव  लागिरहने मन्त्री वस्नेतको भनाई थियो । उनले सेवा , अध्ययन अध्यापन र अनुसन्धानमा समेत देशमा अग्रणी संस्था लाई जोगाउनु सबै को कतव्र्य भएको वताए । 

यसै बीच नेपाल सरकारका मूख्य सचिव बैकुण्ठ अर्यालले संघर्ष समितिले उठाएको माग प्रति आफु सकारात्मक रहेको वताएका छन् । संघर्ष समितिसगको भेटेमा  नेपालका रहेका अन्य प्रतिष्ठान र वीपी प्रतिष्ठान फरक भएकोले सबैलाई एउटै वास्केटमा हाल्न नमिल्ने उनको तर्क थियो ।शिक्षा प्रविधि तथा विज्ञान मन्त्रि अशोक कुमार राईले प्रतिष्ठानको छुट्ट्र पहिचान विशेषता रहेको ले यसलाई जोगाउन आफ्नो तर्फवाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरे  । उनले भने – प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन म जस्तो सुकै पहल गर्न तयार रहेको छु । 

राजनीतिक दल, नागरिक अगुवा, पूर्व जनप्रतिनिधिहरु रहेको संघर्ष समितिले शुक्रबार मन्त्रि वस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।   विहिबार पुर्व पादाधिकारीहरु सँग भेट गरेको समितिले शनिबार माइतीघर मण्डलामा धर्ना सगै काठमाडौमा रहेका धराने तथा सरोकारवालहरुसग अन्तक्रिया कार्यक्रम समेत गरेकाे थियाे ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending