काठमाडौ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् ।
उनले वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यालय बनाउन आफुहरु लागि पर्ने आश्वसन समेत दिएका छन् ।
मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नसकिने वताउँदै भने –‘तपाईहरुले उठाएको माग प्रति म सकारात्मक छु , प्रतिष्ठानको बारेमा म जानकार छु ,संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रि वस्नेतले भने –प्रतिष्ठानको समस्या छाता ऐन होइन , चिकित्सा शिक्षा आयोगको हो ।
प्रतिष्ठानको समस्या छाता ऐन नभएको बताउदै उनले विभिन्न आयोगको नाममा बनेका विभिन्न नितिको कारण प्रतिष्ठान धारासायी बन्दै गएको वताए । विभिन्न समयमा व्यक्तिगत स्वार्थमा बनेका निति सगै प्रतिष्ठानको आन्तरिक कारणले प्रतिष्ठानको अवस्था नाजुक बन्दै गएको मन्त्रि वस्नेतको भनाई थियो । आयोगले विद्यार्थी संख्या घटाउनु हुदैन थियो, प्रोफेसर कम भए थप्न सकिन्थ्यो उनले भने –अनुसन्धान सगै अध्ययन अध्यापनमा समेत देशकै उत्कृष्ट संस्थामा विभिन्न वहानामा देखाएर विद्यार्थी संख्या घटाउनु गलत कार्य थियो ।
उनले आफु मन्त्रि रहे सम्म प्रतिष्ठानको हित विपरित नितिगत या अन्य कुनै पनि कार्य हुन नदिने वताउदै धरानवासी समेत सचेत हुन आवश्यक रहेको वताए । धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठानको गरिमा जोगाइराख्न आफु सदैव लागिरहने मन्त्री वस्नेतको भनाई थियो । उनले सेवा , अध्ययन अध्यापन र अनुसन्धानमा समेत देशमा अग्रणी संस्था लाई जोगाउनु सबै को कतव्र्य भएको वताए ।
यसै बीच नेपाल सरकारका मूख्य सचिव बैकुण्ठ अर्यालले संघर्ष समितिले उठाएको माग प्रति आफु सकारात्मक रहेको वताएका छन् । संघर्ष समितिसगको भेटेमा नेपालका रहेका अन्य प्रतिष्ठान र वीपी प्रतिष्ठान फरक भएकोले सबैलाई एउटै वास्केटमा हाल्न नमिल्ने उनको तर्क थियो ।शिक्षा प्रविधि तथा विज्ञान मन्त्रि अशोक कुमार राईले प्रतिष्ठानको छुट्ट्र पहिचान विशेषता रहेको ले यसलाई जोगाउन आफ्नो तर्फवाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने – प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन म जस्तो सुकै पहल गर्न तयार रहेको छु ।
राजनीतिक दल, नागरिक अगुवा, पूर्व जनप्रतिनिधिहरु रहेको संघर्ष समितिले शुक्रबार मन्त्रि वस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । विहिबार पुर्व पादाधिकारीहरु सँग भेट गरेको समितिले शनिबार माइतीघर मण्डलामा धर्ना सगै काठमाडौमा रहेका धराने तथा सरोकारवालहरुसग अन्तक्रिया कार्यक्रम समेत गरेकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: