Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

इसेवामनि ट्रान्स्फरले गर्यो घर हस्तान्तरण

खबरडबली संवाददाता

काठमाडौं ।  इसेवामनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । एक विशेष कार्यक्रमकाबिच कम्पनीले घरको हस्तान्तरण गरेको होे ।  

उक्त कार्यक्रम इसेवामनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न भएको थियो । 

इसेवामनि ट्रान्स्फरले जेठ १२ माआफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरका रुपमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खातावा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।

 ७ असोज देखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो । 

बम्पर पुरस्कार विजेता पूर्ण बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरका छन् । 

आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका  श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए ।

उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवामनि ट्रान्स्फरलाई हार्दिक धन्यवाद व्यक्तगर्दै योजनामा संलग्न सबैलाई धन्यवाद दिए ।

इसेवामनि ट्रान्स्फरले परम्परागत शैलीतथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

इसेवामनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दाबढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड ६० लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफ वान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending