काठमाडौं । एकैपटक धेरै चालक अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिदका लागि तयारी अघि बढाइएको छ । यसअघि बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन परेको थिएन भने यो पटक चार कम्पनीले आवेदन दिएका छन् ।
आवेदन परेकाहरूको मूल्याङ्कनको काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । सकेसम्म यो वर्ष नभए अर्को वर्ष ‘मास प्रिन्टर’ खरिदका लागि ठेक्का सम्झौता हुने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनले भने, “यो वर्ष र अर्को वर्ष खर्च गर्नुमा खासै फरक हुँदैन ।”
सरकारले ‘मास प्रिन्टर’सँगै चालक अनुमतिपत्रका लागि आवश्यक कार्ड खरिद अघि बढाएको छ । करारका लागि सम्झौता गरेपछि तीन–चार महिनाको समय पाउने उनले बताए ।
विभागले गत वर्ष पहिलोपटक ‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । कसैको पनि आवेदन नपरेपछि यो वर्ष दोस्रोपटक खुलाइएको उनले बताए । हाल सञ्चालनमा रहेको ‘मास प्रिन्टर’ जस्तै कार्ड छाप्ने उपकरण खरिद गर्न लागिएको विभागले जनाएको छ ।
विभागले पहिलोपटक विसं २०७६ मा ‘मास प्रिन्टर’ खरिद गरेको थियो । विभागमा यसअघि रहेका प्रिन्टरको क्षमता कम भएकाले बढी क्षमताको उपकरण खरिद गरिएको थियो । मदरास सेक्युरिटी प्रिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघन्टा चार सय ५० कार्ड छाप्ने छ । जुन अहिले विभागमा सञ्चालनमा छ ।
यसअघि सरकारले आर्थिक वर्ष २०७३÷७४ मा ठेक्कामार्फत सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघन्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण छाप्नुपर्ने अनुमतिपत्र धेरै हुँदै गएको थियो । जुन अहिलेसम्म हट्न सकेको छैन ।
देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भए पनि अझैसम्म पनि छाप्ने एउटा विभागसँग मात्रै छ । झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि सरकारले बन्दाबन्दीले गर्दा यातायातका कर्मचारीले छपाइसकेका थिए । त्यसपछि पुनः विसं २०७७ साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरिदको सम्झौता भएको थियो ।
मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरिद गर्दा समस्या नआए पनि पछिल्लोपटक फरक कम्पनीबाट खरिद गर्दा समस्या आएको थियो । कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा नमिलेकाले लामो समय अनुमतिपत्र छपाइ प्रभावित बनेको थियो ।
सरकारले सबैभन्दा पहिले विसं २०७२ पुसदेखि एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको थियो । एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरु यातायात कार्यालय ठूलो भर्याङ, जगाति र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो ।
सेवा प्रवाह विद्युतीय बनाउँदा सेवाग्राहीलाई सजिलो हुने अपेक्षा गरिए पनि ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने त्यो छैन । हस्तलिखित कार्ड हुँदाभन्दा सेवाग्राहीले अनुमतिपत्र पाउन अहिले बढी समय कुर्न परिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: