आषाढ़ ७ गते, २०८० बिहिवार 22nd June, 2023 Thu१५:४९:०२ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो ।
पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो ।
पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले सबै कलाकारहरुको प्रतिनिधित्व गरी आफुले म्युजिक अवार्डलाई थप आगामी संस्करण भव्य पार्न शुभकामना दिए ।
त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले आयोजकलाई आग्रह गरे । जिम्बाले नेताहरुलाई अवार्ड प्रदान गरे राम्रो काम गर्ने जांगर आउने र अवार्ड पाउनको लागि भनेपनी राम्रो काम गर्ने बताए । युवा नेत्री संगीता तामाङले पुर्वदेखी पश्चिमसम्मका कलाकारहरु समेटिनुले अवार्ड कार्यक्रम निकै समाबेशी देखिएको बताइन ।
अवार्ड कार्यक्रका संयोजक एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा झरना कला केन्द्रका कलाकारहरुले स्वागत डान्स राखेका थिए । अवार्ड कार्यक्रममा सहभागी नोमिनिजहरुको टप ५ भिडियो सार्वजानिक गरेपछी अवार्ड वितरण गरेका थिए ।
अवार्ड वितरणसँगै २७ जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो भने हलमा कुनै पनि सिट खाली थिएनन । कार्यक्रममा सभापती एंव बिरिसु मिडिया प्रा.लिका अध्यक्ष विवेक लोप्चनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुप्रती धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन भने टम्पशेर राइले सञ्चालन गरे । कोको भए सम्मानित ?
कार्यक्रममा साहित्यकारद्धय अमर बान्तु र शीतल कादम्बिनी गुरुङ्गलाई साहित्य सम्मान, पत्रकार एंव हास्य कलाकार एम जि तामाङ (माधव घले)लाई “बिरिसु सञ्चार तथा कला सम्मान -२०८०” ले सम्मानित गरीएकाे छ ।
संगीतकार आर बि सिङ्दान र गायक ताराबिर पाण्डेलाई “बिरिसु दशक प्रतिभा सम्मान”, तथा गायिका मन्जु थापा, अशोक धिताल, बासुरीबादक सम्पुर्ण लामा, गायक एंव संगीतकार आरबी लामा, गायक / सर्जक बैरागी मोक्तान, गायक उत्सव सुब्बा लामा, बिएफएक्स आर्टिस्ट अच्युत बजगाइ, समाजसेवी तथा निर्माता लिला डाँगी, निर्देशक निरेन श्रेष्ठ, कलाकार / निर्माता साबित्री बज्राचार्य, नायक / लेखक रितुराज पाखृन, निर्माता दिमेश श्रेष्ठ, गायक रमेश पाठक, भिडियो सम्पादक भुपेन्द्र अधिकारी, रंग सम्पादक रेनिश फागो, मोडल आरम्भ तामाङ र गायक बिक्रम लामालाई कला सम्मान प्रदान गरिएको थियो ।
त्यसैगरी गीता अधिकारीलाई रंग पत्रकारिता सम्मान, दावा लामा र धन बहादुर परियारलाई समाजसेवी सम्मान, वरिष्ठ गायक / संगीतकार भोजराज भट्टलाई “बिरिसु विशेष व्यक्तित्व सम्मान- २०८०”, सञ्चारकर्मी शरण हुमागाइलाई सर्वज्ञ सम्मान, दुई दशक लामो समयदेखी गायन एंव सञ्चारकर्ममा संग संगै योगदान दिदै आएका गायक एंव सञ्चारकर्मी राजकुमार रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
अवार्ड समारोहका जुरीहरु गायक एंव संगीतकार, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, विश्व किर्तिमानी लक्षु प्रकाश मल्ल, ध्वनी सम्पादक मनोज डंगोल, चलचित्र निर्देशक अमर ओली र वरिष्ठ गीतकार मिनसागर लामालाई जुरी प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी मिडिया पार्ट्नरका रुपमा काभ्रे प्रवाह साप्ताहिकका नवराज हुमागाईंलाइ पनि सम्मान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...
प्रतिकृया लेख्नुहोस्: