काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताएका छन् । बुधबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले ४६ औं जुगेडी किसान संघर्ष दिवस तथा ३२ औं किसान संघर्ष दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको संघर्ष भएको बताएका हुन् ।
“कृषि क्रान्तिको कार्यभार अझैं अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको संघर्ष प्रमुख रहेको छ” गुरुङले भने । देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको बताए । गुरुङले कृषिमा आधुनिकरण, औजारीकरणसँगै नयाँ ढंगको उत्पादन प्रणालीको विकल्प नभएको बताए ।
भूमिसुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अबलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता रहेको बताए । कृषि प्रधान देश भनिएको तर कुनै कृषि बस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताए । उनले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताए । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि संघर्ष गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य किसान महासंघ फ्याक्स इन्चार्ज सुनिलकुमार मानन्धर, केन्द्रीय सदस्य सूर्य सुवेदी, रणेन्द्र बराईलीले पनि कृषिमा आत्मनिर्भर हुनलाई राज्यले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव नहेन्द्र खड्का गरेका थिए भने उपाध्यक्ष मिना तामाङले स्वागत मन्तव्य राखेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: