काठमाडाैं । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ ।
अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निशुल्क आँखा परिक्षण गरिएको हो ।
सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरुको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरुलाई निशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यबस्थापक रन्जन शाह ।
उक्त परियोजना मार्फत ४ बर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक बिद्यालयहरुमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरुलाई निशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको बताउछन् शाह ।
शाहका अनुसार आँखा जाँच गरि वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरुले मात्र नियमित रुपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथिहरुले जिस्क्याउने, आमाबाबुले छोरीहरुलाई विबाह गर्न कठिनाई हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरुले पनि बालबालिकाहरुले नियमित रुपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।
‘यसरी वितरण गरिएका चस्माको नियमित प्रयोगबाट ति बिद्यार्थीहरुको शैक्षिकस्तरमा समेत उन्नति भएको छ, उनिहरुको दैनिकीमा समेत धेरै नै परिवर्तन आएको देखिन्छ’ शाहले भने ।
नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको बताउछन् संघका कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्र ।
परियोजनाले कार्यक्रम संचालित जिल्लाका महिला स्वास्थ्य स्वयसेविका, शिक्षक तथा बिद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...




प्रतिकृया लेख्नुहोस्: