Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

पँवरिआ नाच सँरक्षणमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

खबरडबली संवाददाता

काठमाडौं ।  लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को संरक्षणको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच’ सङ्गोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ । 

प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख  प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा स्थानीय कलाकारहरुले पँवरिआ नृत्य समेत प्रस्तुत गरेका थिए । 

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सो नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकाश क्रम, अहिलेको अबस्थाबारे उल्लेख गरेका थिए । उनको कार्यपत्रमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गरेका छन् ।

कार्यक्रममा बोल्दै भाषा आयोग सदस्य मातृका पोखरेलले यस्तो लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पुर्याउन सुझाब दिए ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने मुस्लिम समुदाय भित्रको पँवरिआ जाति बिशेषको यो नृत्य जीवन यापनसँग जोडेर लैजान कठिनाइ भएकोले यो लोपोन्मुख अबस्थामा रहेको बताए ।

यसको खोज , अनुसन्धान , संरक्षण र प्रबर्द्धन  गर्ने उद्देश्यले  आफुहरुले  आदर्श कोतवाल गाउँपालिकामा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पारे । 

स्थानीय कलाकारहरुले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकोले यसलाई सँरक्षण गर्नका लागि आयोजकसँग अपिल गरे ।  नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरि पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नु पर्ने बक्ताहरुकाे भनाइ थियाे ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending