काठमाडौं । लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को संरक्षणको लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच’ सङ्गोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ ।
प्रज्ञा परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा स्थानीय कलाकारहरुले पँवरिआ नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सो नृत्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकाश क्रम, अहिलेको अबस्थाबारे उल्लेख गरेका थिए । उनको कार्यपत्रमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गरेका छन् ।
कार्यक्रममा बोल्दै भाषा आयोग सदस्य मातृका पोखरेलले यस्तो लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पुर्याउन सुझाब दिए ।
कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोबास गर्ने मुस्लिम समुदाय भित्रको पँवरिआ जाति बिशेषको यो नृत्य जीवन यापनसँग जोडेर लैजान कठिनाइ भएकोले यो लोपोन्मुख अबस्थामा रहेको बताए ।
यसको खोज , अनुसन्धान , संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले आफुहरुले आदर्श कोतवाल गाउँपालिकामा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पारे ।
स्थानीय कलाकारहरुले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अबस्थामा रहेकोले यसलाई सँरक्षण गर्नका लागि आयोजकसँग अपिल गरे । नेपाली लोक तथा मौलिक नृत्यहरुको थप खोज र अनुसन्धान गरि पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नु पर्ने बक्ताहरुकाे भनाइ थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...
पौष ४ गते, २०८२ - १०:५७
मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...
पौष ४ गते, २०८२ - १०:५४
काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
पौष ४ गते, २०८२ - १०:४९
दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...




प्रतिकृया लेख्नुहोस्: