काठमाडौं । वर्षायाममा संक्रामक रोगले सताउने भय बढी हुन्छ । खासगरी पानीको कारण अपच, झाडापखला, फुड पोइजनिङ हुन सक्छ । छालाको संक्रमणदेखि पेटको रोगसम्मले यही बेला सताउन सक्छ ।
वर्षायाममा मूलतः के कस्ता संक्रामक रोग लाग्न सक्छ र त्यस्ता रोगबाट कसरी बच्ने ?
वर्षायाममा खासगरी पिउने पानी प्रदूषित हुन सक्छ । भेल–बाढी आदिसँगै बगेर आउने पानी मुहानमा मिसिने गर्छ । यस्तो पानीमा दिसापिसाब, मरेका जीवजन्तु पनि मिसिन सक्छ । त्यसैले पानीमा विभिन्न प्रकारका हानिकारक जीवाणु फैलिन सक्छन् ।
यस्तै पानी हाम्रो धारासम्म आइपुग्छ । दूषित पानी पिउँदा पेटमा संक्रमण फैलिने, झाडापखाला लाग्ने, पेटमा जुका पर्ने हुन सक्छ । यसैगरी पेटका अन्य समस्याले सताउन सक्छ ।
दूषित पानीकै कारण टाइफाइड, जन्डिस गराउने भाइरस हेपाटाइटिस पनि लाग्न सक्छ । यतिबेला हेपाटाइटिस ई संक्रमण हुन सक्छ, जसको जोखिम गर्भवतीलाई हुने गर्छ ।
टाइफाइड
धारा, इनार आदिको पानीले सागसब्जी, फलफूल पखाल्ने गरिन्छ । यसै माध्यमबाट टाइफाइड गराउने जीवाणु शरीरमा प्रवेश गर्छ । टाइफाइड एक जनाबाट अर्कोमा चाँडै फैलिन सक्छ । खासगरी दिसापिसाबमा हुने कीटाणुबाट यो संक्रमण एकअर्कामा सर्ने गर्छ । टाइफाइड हुँदा उच्च ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने गर्छ ।
ज्वरो
वर्षायाममा जोर्नी दुख्ने, रुघाखोकी लाग्ने र ज्वरोले सताउने भय पनि धेरै हुन्छ । ज्वरो तीनदेखि सात दिनसम्म रहन सक्छ ।
लामखुट्टेबाट सर्ने रोग
वर्षायाममा घर वरपर सरसफाइमा कमी हुँदा लामखुट्टेको प्रकोप बढ्छ । यसको टोकाइबाट मलेरिया, कालाजार, जापनी इन्सेफलाइटिसजस्ता रोगको प्रकोप बढ्छ । पानीको प्रभाव कम भएपछि विभिन्न किसिमले पानीमा जमेर बस्ने फूलपार्ने र फैलिने लामखुट्टेको अर्को प्रकारको घनत्व बढ्न थाल्दछ । जसले डेंगु, चिकेनगुनिया रोगका विषाणु सार्ने काम गर्छ । यो लामखुट्टेले एकैपटक धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगको प्रकोप महामारीका रुपमा आउन सक्छ ।
स्क्रब टाइफस
स्क्रब टाइफस रोग मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै ‘माइट’ नामक संक्रमित जीवाणुले टोकेमा स्क्रब टाइफस रोग लाग्छ । यो जीवाणु झाडी, खेतबारी, वनजंगल, घरवरिपरि घाँस भएको ठाउँमा हुन्छ । मुसाले एक प्रकारको तरल पदार्थ खाएर अघाएपछि माइट जातको किर्ना घाँसपातमा झर्छ र उक्त घाँसपातमा का गर्दा वा टेक्दा शरीरमा टाँसिएर संक्रमितले टोक्दा सर्छ । स्क्रब टाइफस संक्रमित व्यक्तिमा टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थि सुनिनेलगायत लक्षण देखिन्छ ।
सर्पदंश
त्यस्तै कहिले पानी र कहिले चर्को घाम लाग्ने कारण खेतबारीमा काम गर्नेहरुमा सर्पदंशको जोखिम हुन्छ । यो मौसममा सर्पले टोकेर अस्पताल आउने मानिसको संख्या बढ्न सक्छ ।
सरुवारोग विशेषज्ञ डा, शेरबहादुर पुन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: