Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

बाढीपहिरोमा परेर ताप्लेजुङ, पाँचथर र संखुवासभामा २५ जना बेपत्ता

खबरडबली संवाददाता

विराटनगर । अविरल पर्षका कारण बाढी पहिरोमा परी कोशी प्रदेशका तीन जिल्लमा २५ जना बेपत्ता भएका छन् । तीनदिनदेखी निरन्तर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ताप्लेजुङमा ४, पाँचथरमा ५ र संखुवासभामा १६ गरी २५ जना बेपत्ता भएका हुन् ।

पहिरोमा परी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा न ६ मेहेलेमा एकै घरका तीन जना र अर्का एकजना बेपत्ता भएका हुन् । मेहेलेको भालुुखोपमा गएको पहिरोमा परी स्थानीय यादव बुढाक्षेत्रीको श्रीमती भगिमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुढाक्षेत्री र नाति प्रज्वल बुढाक्षेत्री बेपत्ता भएको स्थानीय वासिन्दाले बताएका छन । यादव भने घर भन्दा बाहिर रहेको बताइएको छ ।

भालुखोपकै पहिरोमा परी स्थानीय गणेश तामाङ पनि बेपत्ता भएका छन् । बेपताहरुको खोजी तथा उद्धारका लागि जनशक्ति परिचालन गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन । उनले अविरल बर्ष भएका कारण उद्धार कार्यमा समस्या भएको बताएकी छन ।

यसैगरी संखुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । चैनपुर–४ पेङ्कोट र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएको थियो ।

थुनिएको खोला एक्कासी खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको हुनसक्ने प्रहरीले जनाएको छ । बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क बिहीन भएकाहरुको अवस्था अज्ञात छ ।

काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । ‘उनीहरुले आफूहरुलाई पनि बगाउन लागेको थियो । साथीहरुलाई के भयो थाहा भएन भनेका छन्, हामी खोजी गरिरहेका छौं,’ संखुवासभा प्रहरी प्रमुख विरेन्द्र गोद्धारले भने ।

सुपर हाइड्रो बाढीका कारण क्षतिग्रस्त भएको उनले बताए । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यस्तै अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपता भएका छन । हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवा सहित सहित ५ जना बेपत्ता भएका हुन ।

बाढीले अहिले सम्म ५ जना बेपता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब निरिक्षक हरि खतिवडाले बताए ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरएवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाको छ । याङवरक गाउँपालिका ३ र २ मा केहि घर बगाएको छ भने केहि घरमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

उता मेची राजमार्ग अन्र्तगत पाँथरको हेवाखोलामा रहेको मोटरेवल पूल बगाउँदा ताप्लेजुङ जिल्लाको तराईका जिल्लासँगको सडक सम्पर्क अवरुद्ध भएको ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...

केन्द्रको निर्देशनविपरीत स्थानीय तहको अग्रसरता : विद्यार्थी भर्ना धमाधम सुरु

काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...

प्युठान दुर्घटनामा एकजनाको मृत्यु

प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...

संसदीय समिति बाँडफाँटमा रास्वपाको दाउ : ११ सभापति आफ्नै पोल्टामा, लेखा कांग्रेसलाई नदिने संकेत

काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...

जलवायु परिवर्तनको मार : मधेशमा चर्किँदो खानेपानी सङ्कट

काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...

दैनिक रगतको माग बढ्दै गर्दा घट्दै दाता

चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...

आजको मौसमः कहाँ–कहाँ पर्छ पानी ?

काठमाडौं ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।   तराई भूभागमा मौसम मुख्यतया सफा...

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending