काठमाडौँ । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन्। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय छन्।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले काठमाडौँको हालै एक निजी क्याम्पसमा हरेक आइतबार पढाउन थालेपछि राजनीतिक तप्कामा पार्टीका कामसँगै व्यावसायिक बन्न अरू काम पनि गर्नुपर्छ भन्ने सोच बढेको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कहिलेकाहीँ कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तर्क्रिया गर्छन्। राजनीतिमा लाग्नेले अरू काम गर्न हुने वा नहुने भन्नेमा समाजमा यदाकदा बहस हुन्छ। खासगरी विदेशमा राजनेताले गरेका अन्य कामलाई उदाहरणका रूपमा लिएर यस्तो चर्चा गरिने गरिन्छ।
माथि छोटो चर्चा गरिएका नेतामध्ये तीन जना राजनीतिमा पनि रहेर अन्य पेसामा लागेका छन्। लोकेन्द्र विष्ट भने ‘राजनीतिक परिवर्तनका लागि जनयुद्धमा होमिएका’ नेता हुन्। उनले तीन वर्षअघि तीन बिघाभन्दा बढीमा सिउँडी फल रोपेर ‘कृषि क्रान्ति’ सुरु गरे। उनले त्यसअघि पनि कालो धानको खेती गरेका थिए।
उनले नेतृत्वले आफूले भन्ने र गर्ने काम एउटै हुनुपर्ने बताए। उनले भने, “आर्थिक क्रान्ति गर्छु भन्ने अनि काम चाहिँ केही नगर्ने ? त्यस्तो हुँदैन। मैले कृषिमा आत्मनिर्भर भएर मात्रै समाजलाई आर्थिक रूपान्तरणमार्फत योगदान गर्न सकिन्छ भनेरै मैले कृषिको काम थालेको हो। अहिले ड्र्यागन फ्रुटको व्यवसाय अरू साथीलाई जिम्मा दिएको छु। योजना बनाएर केही काम गर्ने सोचमै छु।”
राजनीतिक आन्दोलनमा चार–पाँच दशकसम्म बलिदानीपूर्ण सङ्घर्ष र यात्रा गरेका राजनीतिज्ञहरू राजनीतिबाट पलायन हुँदा अनौठो लाग्न सक्छ तर ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ एउटा यात्राबाट विश्राम लिँदै गर्दा सामाजिक र आर्थिक रूपान्तरणको अर्को नवीन यात्रा सुरु गरेर नेताले महत्त्वपूर्ण सन्देश दिएका छन् ।
नेपालमा धेरै राजनीतिज्ञले आर्थिक रूपान्तरणमा योगदान दिने अभिप्रायले कृषि तथा शिक्षा क्षेत्रदेखि अरू व्यवसायसम्म सञ्चालन गरेका छन्। केही राजनीतिज्ञले ‘पार्टटाइम’ का रूपमा खाली समयमा अन्य व्यवसाय सञ्चालन गरेका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: