काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग लेनदेन नमिलेपछि टोपबहादुर गृह मन्त्रालयमै पसेर झगडा गरेकाे खुलेकाे छ । शुक्रबार सबैभन्दा पहिले जवाफी बहसका क्रममा सह-न्यायाधिवक्ता लक्ष्मण घिमिरेले बिचौलियाहरुसँगको झगडा गृहमन्त्रालयसम्मै पुगेको बताएका हुन् ।
उनले हज कमिटीका अध्यक्ष शमशेर मियाँले दिएको सरकारी गाडीबाटै बिचौलियाहरुले करोडौं रुपैयाँ ओसारपसार गरेको पनि खुलाए। ‘शमशेर मियाँले हेर्दा गाडी दिएको मात्रै देखिन्छ । तर उसको गाडीले त्यहाँ निर ठूलो काम गरेको छ’, उनले भने, ‘सन्देश शर्मा गृहको गाडी चढेर गएका थिए । गृहको परिचय पत्र बोकेर गएको देखियो । सरकारी गाडीमा सरकारी परिचयपत्र बोकेर गएकैले पीडितहरुले उसलाई पछ्याएर यो अपराध हुन सम्भव भयो।’
उनले बालकृष्ण खाँणको घरमा भेटिएको कागजमा सचिवले माथिको आदेशअनुसार गरेको भनिएको पनि बताए। यो प्रकरणबाट जोगिन बालकृष्णले आङटावा शेर्पामार्फत पैसा फिर्ता गराएर मिलाउन लगाएको भन्दै योभन्दा ठूलो प्रमाण अरु हुन नसक्ने तर्क गरे ।बिचौलियासँगको लेदनेनलाई लिएर टोपबहादुर रामायझी गृहमन्त्रालयमै पसेर झगडा गरेको उनले दाबी गरे।
‘टोपपबहादुर रायमाझी गृहमा गएका छन् । त्यहाँ आर्थिक लेनदेनलाई लिएर झगडा भएको छ’, उनले भने, ‘हेलिकोप्टरमा चढेर प्रतिवादीसँग गोसाईकुण्ड पुगेका छन् । जग्गाको कारोबार भए गृहमन्त्रालयमा झगडा कसरी हुन्छ?’
उनले बहसका क्रममा चार वर्षअगाडि भएको यो प्रकरणमा सीसीटीभी फुटेज खोजेर पनि नपाइने बताए । ‘प्रतिवादीबाट बहस गर्नेले सीसी क्यामेरा फुटेज भन्नु हुन्छ। उहाँले चाहिँ ४ वर्षअगाडि सीसी क्यामेराको फुटेज रहने गरी जडान गर्नु भएको छ त?’, उनले भने, ‘उहाँले त दुई महिना तीन महिनाभन्दा बढी स्टोर नरहने गरेर क्यामेरा जडान गर्नु भएको छ । अनि चार वर्षअघिको फुटेज खोजेर हुन्छ त?’
बहसका क्रममा उनले टंक गुरुङको होटल अपराधीको केन्द्रबिन्दु बनेको पनि बताए । ‘सबै गतिविधि त्यहीँ बसेर सेटिङ भएका छन् । उनले १० लाख रुपैयाँ लिएर होटललाई क्राइमका लागि प्रयोग गर्न दिएका छन्’, उनले भने, ‘सानु भण्डारीले सन्दीप रायमाझीसँग सेयर बेचेको हो भने सन्दीपले सानुलाई पैसा दिनुपर्ने हो यहाँ त सानुले सन्दीपलाई पैसा दिएका छन्।’
उनले जाहेरवालाले प्रतिवादीलाई चिन्दैनन् भनेको कुरामा पनि जवाफ दिएका छन् । ‘झापाको प्रतिवादीले, दाङको प्रतिवादीले आङटावालाई चिन्दैन । यसरी आआफ्ना ठाउँमा जस-जसले पैसा उठाएका छन् उनीहरुले मात्रै चिन्छन्’, उनले भने, ‘यसमा चेन नै प्रयोग गरिएको छ। पावर पोजिसनको दुरुपयोग गरेर भुटानी शरणार्थी पठाउने पवित्र काम गरेर नितान्त आर्थिक लाभका लागि काम गरिएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: