Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

च्याछरामा ढलान सम्पन्न, कर्णाली करिडोरमा यातायात सहज

खबरडबली संवाददाता

हुम्ला। कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको छ । यसअघि कच्ची र भिरालो सडकका कारण सवारी साधनलाई निकै कठिनाइका साथ सञ्चालन गर्नुपर्ने अवस्था थियो ।

सिमकोट–हिल्सा सडकको उक्त कच्ची, असजिलो र भिरालो खण्डमा ढलान कार्य सम्पन्न गरिएको हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालले जानकारी दिए। उनका अनुसार उक्त खण्डबाट सुरक्षित यात्रा सुनिश्चित गर्न स्थानीयवासी र सवारी चालकहरूको मागअनुसार ढलान गरिएको हो ।

करिब पाँच सय मिटर लामो उक्त खण्ड ढलान भएपछि यातायात सञ्चालन सहज भएको उनले बताए। सडक साढे ६ देखि ७ मिटर चौडा र २० सेन्टिमिटर बाक्लो ढलान गरिएको छ । निर्माण गरिएको ढलान करिब २० वर्ष टिक्ने गरी डिजाइन गरिएको इन्जिनियर भुसालले जानकारी दिए।

कर्णाली करिडोरको हुम्ला खण्डमा च्याछराको यो सडक पहिलो पटक ढलान गरिएको हो । ढलानपछि यस खण्ड पार गर्न लाग्ने समय करिब २० मिनेटबाट घटेर करिब ५ मिनेटमा सीमित भएको छ ।

यसअघि यात्रुहरूलाई सो खण्डमा गाडीबाट ओर्लेर पैदल हिँड्नुपर्ने तथा खाली सवारी मात्र गुडाउनुपर्ने अवस्था थियो । तर, अहिले सिधै र सहज रूपमा सवारी सञ्चालन भइरहेको बोलेरो चालक सिंगम भण्डारीले बताए । उनका अनुसार पहिले झन्झटिलो र जोखिमपूर्ण रहेको यो सडक अहिले सुरक्षित र सहज बनेको छ ।

यस खण्डमा पहिल्यै पनि सवारी साधन चढ्न नसकेर ब्याक गर्ने र दुर्घटनासमेत हुने गरेको स्थानीयले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending