Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

१७ दिनका लागि प्रधानन्यायाधीश भए कार्की, राज्यलाई वर्षौ अतिरिक्त आर्थिक भार

खबरडबली संवाददाता

अवकाशप्राप्त प्रधानन्यायाधीशलाई एउटा गाडी (अन्य पूर्वप्रधानन्यायाधीशले करिब ४ करोडको गाडी लगेका छन्), मासिक १५० लिटर इन्धन, त्रैमासिक रूपमा मोविल, सवारी चालक, कार्यालय सहयोगी, भान्से (अधिकृत स्तरको सचिवालयको १ जना कर्मचारीको तलव), गाडी मर्मत खर्च, सुरक्षा

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्की आज संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका छन् । शुक्रबार बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । 

समितिले बिहीबार नै उनलाई  अनुमोदन गर्ने तयारी गरेको भए पनि सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोध्ने क्रम नसकिएकाले आजका लागि बैठक सरिएको थियो । बिहान ८ बजे देखी  समितिको कार्यकक्ष सिंहदरवारमा सनुवाई समितिको बैठक बसी उनलाई प्रधानन्याधिशमा अनुमोदन गरेको हो  । उनी मात्र १७ दिनका लागि प्रधानन्याधिश भएका छन् ।

प्रधान न्यायधिश अनुमोदन भएका कार्कीले इजलासमा बसेर कार्यसम्पादन गर्ने समय भने जम्मा १७ दिन मात्रै रहेको छ  । साउन १९ गते उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जाने छन् ।  कार्कीको झण्डै ५० दिन अवधि बाँकी रहेको भए पनि  तर सर्वोच्चका प्रधानन्यायाधीश समय सकिनु भन्दा एक महिना अघिनै विदामा बस्ने प्रचलन भएकाले कार्कीको कार्यअवधि १७ दिन मात्रै रहेको हो ।

कार्कीले आफ्नो कार्यकालमा बिचौलिया नियन्त्रणका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आजको बैठकमा आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिने समेत बताएका थिए ।  उनले  बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका थिए भने  शुक्रबार उनीविरुद्ध परेको उजुरीमा सांसदले प्रश्न गरेका थिए ।  कार्की विरूद्ध २९ मुद्दा परेका थिए ।

उनले बिचौलियाको गतिविधिलाई नियन्त्रण गर्न मुद्दासँग असम्बन्धित व्यक्तिहरूको अदालतमा प्रवेश निषेध गर्ने र न्यायिक जनशक्तिसँगको पहुँचलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने  कार्कीले कार्ययोजनामा उल्लेख गरेका छन्।  उनको २० पेज लामो उनको कार्ययोजनामा बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूका गतिविधिहरूको सूक्ष्म निगरानी गरि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख रहेको  छ।

अनियमितता ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सूक्ष्म अनुगमनकर्ता खटाई प्रतिवेदन लिने तथा सेवाग्राहीहरूले सरल र सहज माध्यमबाट गुनासो वा उजुरी राख्ने प्रणालीको विकास गनेछु भनेर उनले उल्लेख गरेका छन् । कार्कीले आगामी १९ साउनमा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउने छन् । न्यायाधीशको आचारसंहिता र परम्परा अनुसार एक महिना अगावै कुलिङ पिरियड भइ कामकाज नगर्ने भएकोले उनी प्रधानन्यायाधीश बनेर नाम मात्र लेखाउने अभिलाषमा देखिएका थिए र भए पनि । 

जसरी पनि प्रधानन्यायाधीश कार्कीको महत्वकांक्षा भनेको जाँदाजाँदै आफू अनुकूल विवादास्पद काम गर्ने भन्ने नै देखिन्छ । 

राज्यलाई अतिरिक्त आर्थिक भार

छोटो समयका लागि प्रधानन्यायाधीश भएका कार्किलाई राज्यले आजीवन करोडौं आर्थिक बोझ बोक्ने प्रष्ट भएको छ ।

सर्वोच्च अदालत स्रोतले दिएको सूचना अनुसार अवकाशप्राप्त प्रधानन्यायाधीशलाई एउटा गाडी (अन्य पूर्वप्रधानन्यायाधीशले करिब ४ करोडको गाडी लगेका छन्), मासिक १५० लिटर इन्धन, त्रैमासिक रूपमा मोविल, सवारी चालक, कार्यालय सहयोगी, भान्से (अधिकृत स्तरको सचिवालयको १ जना कर्मचारीको तलव), गाडी मर्मत खर्च, सुरक्षाकर्मी लगायत आजिवन सुविधा दिनुपर्ने हुन्छ ।

कार्कीलाई नियुक्ति दिँदा राज्यकोषको चरम दुरुपयोग हुने प्रष्ट भएको छ ।  समितिले यदि उनको नियुक्ति रोकेर अन्य लामो समय नेतृत्वमा रहनेलाई नियुक्ति दिएको भए राज्यको व्ययभार बँच्ने थियो  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending