Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ : मुख्यमन्त्री पाण्डे

खबरडबली संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताए । 

पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आगामी आवको बजेटमा उक्त कार्यक्रम समावेश हुने उल्लेख गरे  ।

“हाम्रो क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रको विकासमा हातेमालो गर्न प्रदेश सरकार तयार छ, पत्रकारको स्वास्थ्य बीमाको कार्यक्रम नीतिमा आइसकेको छ, बजेटमा पनि आउँछ”, मुख्यमन्त्री पाण्डेले भने , “वास्तविक पत्रकारको हातमा बीमाको सुविधा जाओस् भन्ने हाम्रो चाहना छ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।”

लोककल्याणकारी विज्ञापन, पत्रकारको लेखनवृत्ति, क्षमता विकासलगायतका क्षेत्रमा पनि सरकारले सहयोग गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले पत्रकारिता स्वच्छ, स्वतन्त्र र मर्यादित हुनुपर्ने धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रदेश सरकार दृढ रहेको उनको भनाइ थियो ।

प्रेस सेन्टरले पत्रकारितासँगै देशको समसामयिक अवस्थाबारे आज प्रधानमन्त्रीसहित, सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ । 

सरकारले ल्याएको समानुपातिक विज्ञापन नीतिलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्ने, संविधानले सुरक्षित गरेका जनपक्षीय उपलब्धिलाई संस्थागत गर्नुपर्ने, आमसञ्चारसँग सम्बन्धित कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने, पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेलगायतका माग गरिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: