Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

भ्रष्टाचारकाविरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्छ : मन्त्री ज्वाला

खबरडबली संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको विकास र समृद्धिका लागि बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारका विरुद्ध जनमत बनाउन सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने बताएका छन् ।  

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मन्त्री ज्वालाले जनसरोकारका विषयमा हुने ढिलासुस्ती, आर्थिक अनियमिततासँग सम्बन्धित रहेकाले त्यसको न्यूनीकरण गरी सुशासन कायम गर्न सकिने बताए  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रुपमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत तथा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिँदै समाजवादी अर्थव्यवस्थाले नागरिकलाई सामाजिक न्याय, समानता र आत्मनिर्भरको अवसर प्रदान गर्ने विचार व्यक्त गरे ।
 
मन्त्री ज्वालाले गुटबन्दीको अन्त्य गर्न आग्रह गरे । पार्टीका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकता दिएर विचार, सिद्धान्त र निर्णय सम्प्रेषण गर्न उनले सुझाव दिए ।

सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले समाजवादी प्रेस सङ्गठन सधँैभरि श्रमजीवी पत्रकारका पक्षमा रहेको र यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

सङ्गठनको यही जेठ २६ र २७ गते काठमाडौँमा आयोजित प्रथम अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका पदाधिकारीलगायत उपस्थित थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: