Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

महाकाली नदी टापुका बाढीबाट प्रभावितको चिन्ता- आकाशमा बादल देखिए राति निद्रा लाग्दैन

अधिकांश युवा रोजगारीका लागि भारत पसे

फाइल फोटो
खबरडबली संवाददाता

दोधारा चाँदनी । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । 

जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । 

“बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ”, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले भनिन्, “सामान्य झरी पर्दा पनि घरभित्र पस्न डर लाग्छ ।” उनले बर्खा सुरु भएसँगै फेरि बाढीको चिन्ता हुन थालेको बताइन्। 

“गत वर्ष बाढीले बेसार खेती र तरकारी खेती पुरियो”, उनले भने, “बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गइसके ।” यहाँ ४९ परिवारको बसोबास छ । यहाँका अधिकांश युवा रोजगारीका लागि भारत पसेका छन् । 

गाउँमा भएका भने तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्छन् । “हामीले यहाँ डरैडरमा बाँच्नुपरेको छ”, स्थानीय वसन्ती सुनारले भनिन्, “हाम्रो बस्ती नै अन्यत्र सारिदिए राम्रो हुन्थ्यो ।” बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको बताइन् ।

यहाँ बेसार, तरकारी, धान, गहुँ र तोरीको उत्पादन राम्रो हुन्छ । तर बर्खामा बाढीले खेतमा नोक्सानी गर्ने गरेको छ भने हिउँदमा अन्न भित्र्याउन निकै समस्या झेल्नुपरेको उनले बताइन्। स्थानीय टेकबहादुर सुनारले पनि बाढीकै कारण यहाँ समस्या हुने गरेको बताए । 

“हामीले त जहिल्यै त्रासमा जीवन बिताउनुपरेको छ”, सुनारले भने, “बर्खा लागे बाढीको त्रास हुन्छ आकाशमा बादल देखिए राति निद्रा लाग्दैन ।” उनले जोगबुढा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए । 

यहाँ बाढीको उच्च जोखिम रहेकाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा विभिन्न सङ्घसंस्थाले जोगबुढा नदीमा बाढीबाट बच्ने उपाय र खोज, उद्धारलगायतका बारेमा समुदायस्तरमा नमूना अभ्यास प्रदर्शन गरेका छन् ।

बाढीको उच्च जोखिम रहेको यो बस्तीमा सशस्त्र प्रहरी बल नेपाल, एनएनएस डब्लुए र निड्स नेपाललगायतका संस्थाले यहाँका बासिन्दालाई बाढीबाट बच्ने कृत्रिम अभ्यास प्रदर्शन गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले कृत्रिम अभ्यासले बाढी प्रभावित क्षेत्रका बासिन्दलाई सहयोग पुग्ने बताए । 

“नमूना अभ्यासबाट यहाँका स्थानीयलाई पनि धेरै कुरा थाहा भयो”, उनले भने, “यसले विपद्को बेला आफू कसरी बच्न सकिन्छ जानकारी पाएका छन् ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending