काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताएका छन् ।
शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकताः भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुए ।
“लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ”, पूर्वराष्ट्रपति यादवले भने , “त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ ।”
उनले राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उनले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताए ।
उनले भने, “राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।”
पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गर्नुभएका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उहाँप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्छ । पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको छ । समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै छ ।
कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको तर भ्रष्टाचार र बेथिति बढेको छ भन्दै यसले लोकतन्त्रलाई कमजोर पार्ने आशङ्का व्यक्त गर्नुभयो । उनले भने, “थोत्रो घरमा मुसाले दुःख दिएजस्तो नेपालमा भ्रष्टाचारले त्यस्तै रूप लिएको छ । भ्रष्टाचारी र बेइमानीको हाईहाई हुने तर असल र इमान्दार व्यक्तिको आत्मसम्मान छैन, यो विडम्बना हो असल मान्छेको खोजीको संस्कृति भएन ।”
शैलजा आचार्यको मूल्यमान्यता र आदर्शलाई नयाँ पुस्तामा कसरी पु¥याउने भन्ने चुनौती रहेको पनि उनले बताए ।
वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘इमान्दार’ शब्द नै हराउँदै गएको, आपराधिक व्यक्तिहरू सङ्गठित हँुदै गएको र इमान्दारहरू छिन्न भिन्न हँुदै गएको भन्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निरन्तर खबरदारी जरुरी भएको उल्लेख गरे ।
उनले मुलुकमा लोकतान्त्रिक प्रणाली बलियो बनाउन तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा शैलजा आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए ।
सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान० का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत्को विकासमा समेत आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताए।
कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले पत्रकार थापालाई सम्मान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: