Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

कोदोको विश्वभरि चर्चा, नेपालमा किन सधैँ हेला ?

क्षेत्र घट्दो, उत्पादन स्थिर

खबरडबली संवाददाता

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा समेटिएको एउटा नारा छ- 'रैथानेमा गर्व गरौँ।' उक्त नाराका साथमा बजेटको बुँदा नम्बर- ८८ मा भनिएको छ, "...परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गरिनेछ।"

"...कर्णाली प्रदेशलगायत विभिन्न स्थानका मार्सी, कागुनु, कोदो, फापर, जौ, लट्टे, सिमीलगायतका रैथाने बालीको उत्पादन खाद्य तथा व्यापार कम्पनीमार्फत् खरिद गरिनेछ।"

अहिले पनि देशका विभिन्न भागमा कोदोजन्य बालीलाई 'कुअन्न' भन्नेहरू कैयौँ छन्। तर केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनामा कोदोजन्य बालीले पनि महत्त्व पाउँदै आएको छ।

यद्यपि आलोचकहरू भन्छन्- "कागजी योजनामा समेटिएका कैयौँ कुराहरू कार्यान्वयन भइरहेका छैनन्।" त्यसलाई अधिकारीहरू अस्वीकार गर्दैनन् तर पहिलेको तुलनामा अहिले कोदोजन्य बालीप्रति सरकारको ध्यान बढेको दाबी गर्छन्।

आगामी वर्षको बजेटकै बुँदा नम्बर- १०८ मा समेटिएको "नयाँ जातका बाली र नयाँ प्रविधि विकास गरिने" प्रसङ्गमा पनि कोदो छुटेको छैन। तीनै बुँदालाई उदृत गर्दै कतिपय कृषि अधिकारी भन्छन्, "कोदोलाई सरकारले यत्तिको गम्भीरताका साथ पहिले लिएको थिएन।"

विश्वभरि चर्चा

आउँदो साउनदेखि लागु हुने नयाँ बजेटमा कोदोलाई पहिलेका तुलनामा केही "बढी" महत्त्व दिइएको अधिकारीहरूको दाबी छ। तर त्यस्तो महत्त्व नेपालमा मात्र दिइएको होइन किनभने उक्त बालीबारे अहिले विश्वभरि नै चर्चा भइरहेको छ।

र, त्यसको प्रमुख कारण हो- संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई 'अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष' घोषणा गर्नु। राष्ट्रसङ्घको ७५औँ महासभाले सन् २०२१ मार्चमा यो वर्षलाई 'कोदोजन्य बाली वर्ष'का रूपमा मनाउने घोषणा गरेको थियो।

राष्ट्र सङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठनका अनुसार "कोदोको उपयोगिताबारे जागरुकता फैलाउन र प्रत्यक्ष रूपमा नीतिगत प्रभाव पार्न" यस्तो घोषणा गरिएको हो।

उसका अनुसार पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो 'प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो। राष्ट्रसङ्घीय अभियानसँगै अहिले कोदो उत्पादन हुने राष्ट्रहरूले विभिन्न कार्यक्रम तथा योजना बनाएर कोदोजन्य बालीबारे प्रचारप्रसार गरिरहेका छन्।

नेपालमा पनि सरकारले 'कोदोजन्य बालीबारे' जनचेतना जगाउने र प्रवर्धन गर्ने कार्य गरिएको अधिकारीहरू बताउँछन्। तर कतिपय विज्ञ भन्छन्- "कोदो बाली प्रवर्धनका लागि गरिएका काम खासै प्रभावकारी छैनन् र अहिले पनि यसलाई बेवास्ता नै गरिएको छ।"

क्षेत्र घट्दो, उत्पादन स्थिर

कृषि मन्त्रालयको विवरणअनुसार नेपालका ७० भन्दा बढी जिल्लाहरूमा कोदोजन्य बालीको खेती हुने गर्छ। यसको खेती पहाडी तथा सिँचाइको सुविधा नभएका क्षेत्रमा धेरै हुने गर्छ। तर पछिल्ला वर्षहरूमा कोदो खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको छ।

'अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष' मनाउनका लागि सचिवालयसमेत तोकिएको सङ्घीय निकाय बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ खेती गरिने क्षेत्र घटे पनि "उन्नत जात लगाउने क्रम" बढेकाले उत्पादनमा खासै गिरावट नआएको बताउँछन्।

नेपालमा कोदोको उत्पादन स्थिर रहे पनि आयात हुने क्रम पनि रोकिएको छैन। आयातको मात्रा कहिले बढ्ने र कहिले घट्ने गरिरहको भन्सार विभागको विवरणले देखाउँछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष प्रकाशित गरेको तथ्याङ्क अनुसार विगत १० वर्षमा कोदोजन्य बाली हुने क्षेत्रफल क्रमश: घट्दो क्रममा गएको देखिन्छ।

हाल नेपालको कुल दुई लाख ६० हजार हेक्टर क्षेत्रफलमा कोदो खेति हुने गरेको छ भने उत्पादन वार्षिक ३ लाख २५ हजार मेट्रिक टनको हाराहारीमा छ।

मुख्य कोदोजन्य बाली

कोदोजन्य बालीका विभिन्न प्रकार रहेका छन्। त्यसमध्ये नेपालमा मुख्यत: चारखाले कोदो बालीको खेती हुने गरेको श्रेष्ठ बताउँछन्। उनका भनाइमा नेपालमा मुख्य खेती हुने भनेको कोदो, कागुनु, जुनेलो र चिनो हुन्।

कोदोको खेती देशका सबैजसो भूभागमा हुन्छ भने कागुनु र चिनोजस्ता बालीको खेती विशेषगरी पश्चिमी भेगमा हुने गर्छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार कोदो "पोषिलो अन्न"मा पर्छ।

'अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष'को प्रचारप्रसारका लागि उसले बनाएका सामग्रीमा कोदोलाई फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन र मिनरलयुक्त खाद्य भनिएको छ।
यसमा आइरनको मात्रा पनि पाइने र 'ग्लुटन' नभएको उसले उल्लेख गरेको छ।

हेला गरिएको बाली

सांस्कृतिक रूपमा पनि 'कुअन्न' भनिएको र धेरैले 'गरिबको खाना'का रूपमा अर्थ्याएकाले नेपालमा कोदो पहिलेदेखि नै हेलामा परेको बाली बनेको छ।

"हाम्रो सांस्कृतिक र सामाजिक मान्यताका कारणले पनि यो हेलामा परेको बाली बनेको हो," लामो समय कृषि मन्त्रालयमा बिताएका एकजना पूर्व सचिव एवं कृषि विज्ञ डा. हरि दाहाल भन्छन्।

"यसलाई अहिले 'सुपर फुड' र 'स्मार्ट फुड' भन्न थालिएको छ। यसले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे चर्चा हुन थालेको छ र नेपालमै पनि सहरी क्षेत्रमा यसका केही परिकार बनाउने चलन सुरु भएको छ।"

तर कोदोजन्य बालीलाई उपेक्षा नै गरिराखिएको र मानिसहरूलाई प्रोत्साहन गर्ने कार्य न्यून हुने गरेको उनको बुझाइ छ। "हाम्रोमा चामललाई मानिसको सामाजिक हैसियतसँग जोडेर हेर्ने गरियो, त्यसले कोदोका परिकार खानेलाई हेलाका दृष्टिले हेरिने हुँदा यसको उपयोग हुन सकेको छैन," उनी भन्छन्।

"यो चामलजस्तो मिठो पनि नहुने भएकाले मानिसले यसलाई हेला गरेका होलान् जस्तो लाग्छ तर जुन चिज मिठो हुन्छ त्यो धेरै खाइन्छ अनि त्यसले शरीरलाई धेरै हानी गर्ने रहेछ।"

कोदो उपेक्षामा पर्नुका विभिन्न कारण रहेको श्रेष्ठ बताउँछन्। उनका भनाइमा सडक विस्तारसँगै गाउँगाउँमा चामल सहजै उपलब्ध हुनु, वैदेशिक रोजगारीका कारण मानिसहरूको क्रयशक्ति बढ्नु, खुला बजार अर्थतन्त्रका कारण विश्वको जुनसुकै देशको खानेकुरा गाउँगाउँमा पनि पाइनु तथा राज्यको ध्यान धान, गहुँ र मकैजस्ता बालीमा मात्र केन्द्रित हुनुले यो उपेक्षामा परेको हो।

कोदो पाकेपछि त्यसलाई भित्र्याउने कार्य पनि अरु बालीका तुलनामा झन्झटिलो र गाह्रो खालको हुँदा मानिसहरू यसको खेतीबाट पलायन हुने गरेको श्रेष्ठको भनाइ छ।

त्यस्तै परिकारमा विविधिकरण गर्न नसक्दा पनि कोदोप्रति आकर्षण नभएको उनी बताउँछन्। "हामीले बालबालिका र युवालाई आकर्षित गर्ने खालका खानेकुरा विकास गर्नै सकेका छैनौँ," श्रेष्ठ भन्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending