काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताएका छन् ।
उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाए ।
अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताए ।
आर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका छन् । बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले संस्कृति, कलाको संरक्षण गरेर मात्रै मुलुकभित्र पर्यटक भित्र्याउन र त्यसलाई आर्थिक विकासमा केन्द्रित गर्न सकिने बताए ।
आगामी आवको बजेटमा काठमाडौँ उपत्यकाको कला संस्कृतिको संरक्षणका लागि बजेट व्यवसथापन गरिने उनको भनाइ छ । बागमती प्रदेशभित्र नेवाः र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने वातावरण तय भएको उनले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँलाई सांस्कृतिक नगरी बनाउने सपना देखेको र त्यसलाई पूरा गर्न आफूहरूले मूर्त अमूर्त कला तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएको बताइन् । उनले देशभित्र रहेका बाजा घन्काउने उद्देश्य राखेकामा आज त्यो पूरा भएको उल्लेख गरिन् ।
सांस्कृतिक विविधता, भाषाभाषी, सङ्गीतमा विविधता भएपछि एक अर्कामा अन्तरसम्बन्धित र एकीकृत रहेको उनको भनाइ थियो । मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एक आपसमा मिलेर अगाडि बढ्नु जरुरी रहेको उपप्रमुख डंगोलको भनाइ छ ।
ज्यापू महागुठीका अध्यक्ष राजभाई जकमीः ले युवा पुस्तालाई नेपाली कला तथा संस्कृतिको महत्त्व बुझाउनका लागि यस खालको कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले लोक सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आफैँमा महत्त्वपूर्ण रहेको बताए ।
सांस्कृतिक सहरको पहिचान बनाउन सफल काठमाडौँ महानगर पालिकाको संयुक्त प्रयासमा यस अकेष्ट्राको आयोजना गरिएको जकमीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: