Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८० शनिबार | 23rd September, 2023 Sat

सुदूरपश्चिम प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

खबरडबली संवाददाता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।

आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताए  । उनले भने, “सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।” 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताए । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताए  । 

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बताए  । 

राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताइन् । स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले यसअघिका सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तै यो नीति कार्यक्रम देखिएको भन्दै यसले कुनै नयाँ अवस्थाको खोजी गरिएको देखिएन भने । 

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको आगामी आव २०८०/८१ को नीति कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यान निर्वाचन ; झापाको मताधिकार खारेज

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ । क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको...

धार्मिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं। धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्र...

विद्यालय शिक्षा विधेयक संशोधन गर्न कांग्रेसले सहकार्य गर्ने

काठमाडौं। नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न समन्वय गर्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार वि...

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । सिंह...

सरकारले अपराधको राजनीतिकरण गरिरहेको छ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर...

शिक्षक महासंघसँगको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टी

काठमाडौं। सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक...

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही हुने भएको छ । शुक्रबार विमानस्थलले एक सूचना जारी...

सरकारसँगको दोस्रो वार्ता पनि निष्कर्षविहीन, आन्दोलन यथावत्

शुक्रबार बिहान ८ बजे फेरि वार्तामा बस्ने

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि) मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन...

शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्छ : गणेशप्रसाद तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोज...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending