Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा वाग्ले

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएको छन् ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान ९बजेट० माथिको जारी छलफलमा भाग लिँदै उनले ‘फण्डामेन्टल कोर्स करेक्सन’ का लागि अर्थमन्त्रीले अवसर गुमाएको टिप्पणी गरे । 
 
“अर्थतन्त्रमा झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ तर बजेट त्यसतर्फ उन्मुख हुन सकेन”, उनले भने, “राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको छ । यस स्थितिमा आगामी आवको राजस्वको लक्ष्य अविश्वसनीय देखिन्छ । जटिलता र अप्ठ्याराहरू छन् । त्यसलाई सम्बोधन गर्न सकिएन ।”
 
बैठकमा सांसद मञ्जु शर्मा अन्सारीले बजेट जनताका लागि सहायक नभएको टिप्पणी गरे । सांसद शङ्कर भण्डारीले राजनीतिक स्थिरता नहुँदा आर्थिक सम्मुनति हुन नसकेको बताईन् । 
 
सांसद भीमप्रसाद आचार्यले बजेटले मुलुकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेको टिप्णी गर्नुभयो भने सांसद प्रेम सुवालले मजदुर र श्रमिक वर्गका लागि समाजवादी व्यवस्था नआएसम्म वर्तमान शासन प्रणालीले जनमुखी कार्यक्रम दिन नसक्ने जनाए। 
 
सांसद् धवलशमशेर जबराले नेपाली किसानलाई अनुदान बढाएर भारतीय किसानका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताख । सांसद राजेन्द्रकुमार राईले कुनै जिल्लामा अत्यधिक र कुनै जिल्लामा न्यून बजेट विनियोजनले सन्तुलित विकास नहुने भन्दै बजेट पुन:लेखन गर्न माग गरे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

हामी प्यानल बनाउँदैनौं, व्यक्तिगत रूपमा उपमहासचिव उम्मेदवारी दर्ता गरेको छु: योगेश भट्टराई

काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...

लेखराज भट्टलाई उपमहासचिव पदका उम्मेदवार बनाउन ओली तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending