Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

फेरि विवादमा फसे डोनल्ड ट्रम्प, गोप्य दस्तावेज घरमा राखेको अभियोग

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ।

ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्।

ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार मायामीस्थित एउटा अदालतमा डाकिएको जनाएका छन्।

अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए। छयहत्तर वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ।

सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने योजना ट्रम्पले बनाइरहेका छन्।
ट्रुथ सोसिअलमा राखिएको पोस्टमा ट्रम्पले लेखेका छन्, “मैले कहिले पनि सोचेको थिइनँ कि संयुक्त राज्य अमेरिकाको पूर्वराष्ट्रपतिमाथि यस्तो कुरा गर्न सम्भव हुनेछ।”

उनले थपेका छन्, “यो वास्तवमै संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो। हामी गम्भीर र द्रुत ढङ्गले तल झरिरहेको देश हौँ। तर हामी सबै मिलेर अमेरिकालाई महान् बनाउनेछौँ।”

उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन्। अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले स्रोतलाई उल्लेख गर्दै सो अभियोजन सरकारी दस्तावेजहरूसँग जोडिएको र एक भन्दा बढी आरोपहरू लगाइएको उल्लेख गरेको छ।

सीएनएन र एबीसी न्यूज जस्ता अन्य समाचार च्यानलहरूले कम्तीमा सातवटा अभियोग लगाइएको बताइरहेका छन्। अभियोजनले आरोप लगाइएका विषयलाई सन्दिग्ध व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने बाटो खुल्ने गर्छ।

न्याय मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। अमेरिकी महान्यायाधिवक्ताले विशेष अभियोजनकर्ता ज्याक स्मिथलाई उक्त दस्तावेज प्रकरणहरूबारे जाँच गर्न गएको नोभेम्बरमा जिम्मेवारी दिएका थिए।

अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घर ‘मर आ लागो’ मा छापा हानेर ११ हजार दस्तावेज जफत गरिएका थिए र त्यसमध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको थियो। त्यसमध्ये कतिपयमा ‘अति गोप्य’ सङ्केत चिह्न उल्लेख गरिएको थियो।

अघिल्लो हप्ता अभियोजनकर्ताहरूले ट्रम्पको एउटा अडियो रिकर्डिङ प्राप्त गरेको विवरण आएका थिए। त्यसमा उनले ह्वाइट हाउस छाडेपछि पनि गोप्य दस्तावेज राखेको स्वीकार गरेका जनाइएको छ।

अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत काम हो। कानुनविद्‌हरूले पछिल्लो अभियोगले आगामी राष्ट्रपतीय चुनावमा लड्नसक्ने ट्रम्पको सामर्थ्यमा प्रभाव नपार्ने बताएका छन्।

जर्जटाउन युनिभर्सिटी ल सेन्टरका प्राध्यापक डेभिड सुपरले भने, “उनीमाथि पटकपटक अभियोग लाग्नसक्छ, तर त्यसले चुनावमा लड्नसक्ने उनको क्षमतालाई रोक्न सक्नेछैन।”

सुपरका अनुसार दस्तावेज प्रकरणमा दोषी नै ठहर भए पनि ट्रम्पले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्छन्। तर रिपब्लिकन दल उनको पक्षमा उभिनेछ या छैन त्यो भने प्रस्ट भइसकेको छैन।

विगतमा युद्ध अपराधहरूको अनुसन्धानमा संलग्न स्मिथ दृढ खालका जाँचकर्ता मानिन्छन् र उनले ट्रम्प पराजित भएको सन् २०२० को चुनावको परिणाम उल्टाउने प्रयासबारे अलग्गै जाँच पनि गरिरहेका छन्। 

गत एप्रिलमा ट्रम्प अपराधमा संलग्न रहेको अभियोग लगाइने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका थिए। वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँगको आफ्नो सम्बन्धबारे उनलाई चुप लगाउन पैसा दिएकोबारे गलत व्यावसायिक हिसाबकिताब राखेको विषयसँग सम्बन्धित आरोपमा आफू निर्दोष रहेको उनले बताएका थिए।

आगामी वर्ष उक्त मुद्दालाई लिएर न्यूयोर्कमा सुनुवाइ हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending