Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

कोशी प्रदेशः मन्त्रिपरिषद्को बैठकको निर्णय

खबरडबली संवाददाता
कोशी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
 
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।
 
बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने, खाँदबारी नगरपालिका सङ्खुवासभाको वडाको सिमाना हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने, उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने, प्रदेश सहयोग कार्यक्रमका सम्बन्धमा नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता नवीकरणका लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई पत्राचार गर्ने, प्रदेशस्तरीय आयोजना छनोट तथा वर्गीकरणसम्बन्धी कार्यविधि, २०८० र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
 
सोही बैठकले पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीलकुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । टोलीमा कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा  सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहने व्यवस्था गरेको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२७ वर्षीया महिलाको शव फाल्ने चार युवकलाई पक्राउ

महेन्द्रनगर। गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो।  ...

उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु पक्राउ

काठमाडौँ।  धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्र...

भारतीलाई ओलीले भने : न्यायको लडाइँमा साथ दिन्छु, तपाईंको पीडा सुनेर मेरा पनि आँखा रसाए

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्जमा तरुण दलका तत्कालीन क्षेत्रीय अध्यक्ष रिगल भनिने योग ढकालले खुँडा प्रहार गरि हत्या गरिएका ...

आममाफी दुरुपयोग रोक्न संकल्प प्रस्ताव

काठमाडौं। सरकारले कानूनअन्तर्गत गरेको सिफारिस अनुसार राष्ट्रपतिले सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्ने प्रचलित व्यवस्थाको गलत प्रयोग भइरहेको भन्दै...

दशैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे...

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं। सरकारले चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्न...

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

काठमाडौं। सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठ...

बझाङ भूकम्प : अस्पताल प्राङ्गणमै गराइयो सुत्केरी, घाइते ५ जनालाई भर्ना गरियो

काठमाडौं। बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अ...

एमाले कोशीमा खतिवडाको अग्रता कायमै, ढकाल पछ्याउँदै

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...

संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्।  सोमबा...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending