काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान भई सहकारी अभियानले पुन: जीवन पाउनेमा विश्वास व्यक्त गरेको छन् ।
सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले यहाँ आयोजना गरेको ‘सहकारी समस्या र सामाधानका उपाय’ विषयक अन्तरक्रियामा सचिव रेग्मीले यसका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताए । “सहकारी सञ्चालकमा स्वनियमको अभाव देखिएको छ, बचतकर्ताको पैसा लिएर भाग्ने घटना आइरहेका छन्”, उनले भने।
उनले समग्र सहकारीमा समस्या नभए पनि केही सहकारी संस्थामा मात्र समस्या देखिएको भन्दै उनले सहकारी संस्थामा अनुशासन सुदृढीकरण पहिलो आवश्यकता भएको धारणा राखे ।
सचिव रेग्मीले सहकारी क्षेत्रको सुधारका लागि आन्तरिक सुशासनमा जोड दिँदै कमीकमजोरी हटाउन सुझाव दिए। उनले सहकारी क्षेत्रका लागि पूरक कानुन निर्माणका लागिसमेत मन्त्रालयले पहल गर्ने बताए ।
सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले पनि सहकारी क्षेत्रमा छिट्टै सुधार हुनेमा विश्वास व्यक्त गर्नुभयो । “अब सहकारी रिकभरीको बाटोमा जान्छ, डाउनफल सकियो”, उनले बचतकर्ताको रकम नियमविपरीत घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने बताए । विभागको जिम्मेवारीमा सीमित सहकारी संस्थामात्र भएकाले नियमनमा समस्या भएको उनको भनाइ छ ।
पूर्वसचिव गोपी मैनालीले सहकारी संस्थाको नियमन हुन नसकेको बताए । उनले नियमन नभएको र सङ्क्रमणको फाइदा लिने सहकारीका कारण समस्या बढेको धारणा राखे । विशेषगरी सहर केन्द्रित सहकारी र त्यसमा पनि राजनीतिक पहुँच भएका प्रभुत्वशाली सञ्चालक तथा वित्तीय कारोबार सहरकारीमा बढी समस्या देखिएको भनाइ राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: