सुर्खेत । कर्णाली प्रदेश सरकारले प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित तथा नियन्त्रण गर्दै वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले नीति कार्यक्रममा प्रदेशमा वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसका लागि प्रादेशिक वातावरण मापदण्ड र सूचकहरू निर्माण गरी कार्यान्वयन गर्ने नीति लिइएको छ ।
सडक निर्माण गर्दा लागत अनुमानमा नै सडक आसपास वृक्षरोपण गर्नुपर्ने बायोइन्जिनियरिङ प्रणाली तथा प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख भएका सुझावहरू अनिवार्य पालना गर्ने व्यवस्था मिलाइने पनि उल्लेख गरिएको छ ।
वनपैदावार, विशेष घाँसजन्य वनस्पति र खेर जाने काठ दाउरालाई प्रशोधित गरी बनाइने जिरो कार्बन बनाउन सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ । ‘दिगो वन व्यवस्थापनः स्वच्छ र समृद्ध जीवनयापन’ भन्ने सोचअनुरुप वन क्षेत्रको दिगो वृद्धि गरी सहज र सरल आपूर्ति एवं वन क्षेत्रबाट हुने राजस्व सङ्कलनमा वृद्धि गरिने लक्ष्य राखिएको छ । प्रदेश सरकारले हरित रोजगारी सिर्जना गर्ने नीति लिएको जनाएको छ । जलवायु परिवर्तनले विश्वव्यापी पुर्याएको असर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।
यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भावी पुस्तालाई असर नहुने गरी प्रकृतिको प्रयोग हुनुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहित गर्दै लैजाने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी दिँदै मानवीय जीवनको सुख र दिगोपनाका लागि प्रकृतिको दोहोन नभई उपयोग गर्नुपर्ने तर्क गरे ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले पछिल्लो समय मानिसको गलत क्रियाकलापका कारण जलवायु परिवर्तन नकारात्मक प्रभाव परेको बताए । जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा ध्यान हुनुपर्नेमा जोड दिँदै उनले वातावरण प्रदूषण रोक्न प्लास्टिकको विकल्प खोज्नुपर्ने बताए ।
दिवसका अवसरमा मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरमा वृक्षरोपण गरिएको छ भने अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका योजना शाखाप्रमुख इन्दिरा न्यौपानेले जानकारी दिए । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल गरौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: