काठमाडौ । नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज यहाँ सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रियरूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताए ।
जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाइ रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।
बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौँसहित मुलुकका प्रमुख आठ सहरबाट सेवा प्रवाह गर्दै आएकामा अब थप सात वटा सहरमा सेवा बिस्तार गरिने जानकारी दिए । उनले अहिले काठमाडौँबाट दैनिक दुई सय बिरामीलाई उपचार गराउँदै आएकामा सेवा बिस्तारपछि छ सय जनाको उपचार गरिने जानकारी दिए ।
बाथरोग विशेषज्ञ विनित वैद्यले विश्वस्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगअन्तर्गतको बाथरोगबाट १० प्रतिशत जनता प्रभावित हुने भएबमोजिम नेपालमा करिब ३० लाख जनता यस रोगबाट प्रभावित हुनसक्ने बताउँदै त्यसको आधा जनसङ्ख्यामात्र स्वास्थ्योपचारका क्रममा आएका छन्, भने । सो अवसरमा अस्पतालमा स्थापनाकालदेखि कार्यरतसहित वर्ष उत्कृष्ट जनशक्तिलाई पुरस्कृत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: