काठमाडौ । नेशनल बाथरोग सेन्टरले ‘बाथरोगको जनचेतना घरघरमा पुर्याउँ, सामाजिक उत्तरदायित्व पूरा गरौँ’ भन्ने नाराका साथ आज आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौँ, ललितपुर, पोखरालगायतका आठ स्थानबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो सेन्टरले अब थप सात स्थानमा सेवा बिस्तार गरी बाथरोगको उपचार गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आज यहाँ सेन्टरको वार्षिकोत्सव उद्घाटन गर्दै औषधोपचारसहित जनचेतना जगाएर बाथरोग पीडितका पक्षमा सक्रियरूपमा खटिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सक्दो सहयोग गर्न सरकार तयार रहेको बताए ।
जनताको मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री बस्नेतले स्वस्थ आहारविहार र जीवनशैली अपनाइ रोग लाग्न नदिनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।
बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतीले काठमाडौँसहित मुलुकका प्रमुख आठ सहरबाट सेवा प्रवाह गर्दै आएकामा अब थप सात वटा सहरमा सेवा बिस्तार गरिने जानकारी दिए । उनले अहिले काठमाडौँबाट दैनिक दुई सय बिरामीलाई उपचार गराउँदै आएकामा सेवा बिस्तारपछि छ सय जनाको उपचार गरिने जानकारी दिए ।
बाथरोग विशेषज्ञ विनित वैद्यले विश्वस्वास्थ्य सङ्गठनका अनुसार नसर्ने रोगअन्तर्गतको बाथरोगबाट १० प्रतिशत जनता प्रभावित हुने भएबमोजिम नेपालमा करिब ३० लाख जनता यस रोगबाट प्रभावित हुनसक्ने बताउँदै त्यसको आधा जनसङ्ख्यामात्र स्वास्थ्योपचारका क्रममा आएका छन्, भने । सो अवसरमा अस्पतालमा स्थापनाकालदेखि कार्यरतसहित वर्ष उत्कृष्ट जनशक्तिलाई पुरस्कृत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८० - १२:४४
चितवन । भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले...
आश्विन १७ गते, २०८० - १२:२८
काठमाडौँ । ३ महिने विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ ...
आश्विन १७ गते, २०८० - १२:०१
काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छ...
आश्विन १७ गते, २०८० - ११:४६
रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन यहाँका जनप्र...
आश्विन १७ गते, २०८० - ११:३६
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् । ...
आश्विन १७ गते, २०८० - ११:२६
कैलाली । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको...
आश्विन १७ गते, २०८० - ११:०१
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्ज...
आश्विन १७ गते, २०८० - १०:४८
काठमाडौँ । नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न...
आश्विन १७ गते, २०८० - १०:३९
काठमाडौँ । जनताको सङ्घर्षको बलमा प्राप्त संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । तर संविधान कार्यान्...
आश्विन १६ गते, २०८० - १७:४२
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ ऐतिहासिक दिन भएको बताएका छन् । मंग...
प्रतिकृया लेख्नुहोस्: