काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले स्वागत गरेको छ ।
इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको विकासका लागि दीर्घकालीन महत्वका हिसाबले पनि प्रधानमन्त्रीको भ्रमण सफल रहेको टिप्पणी गरेको छ ।
भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजाने घोषणा स्वागत योग्य भएको इपानको भनाइ छ । “प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उहाँका समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयलाई महत्वका साथ सम्बोधन गर्नुभएको थियो”, इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, “दुवै देशको ऊर्जा सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिमा हस्ताक्षर गरेको थियो ।”
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने र अनुमति दिने प्रबन्ध गरिएकोप्रति इपानले प्रशन्नता व्यक्त गरेको छ । बिजुलीको अन्तर्राष्ट्रिय बजारको प्रबन्ध भएको तथा सरकारलेसमेत अनुमति दिएको अवस्थामा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सुधार र विकासका लागि मार्ग प्रशस्त भएको इपानको ठहर छ ।
इपानका अध्यक्ष आचार्यले बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त भएकाले अब तत्काल सरकारले विद्युत् खरिद बिक्रीको अनुमति दिन माग गरे । “ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ऐतिहासिक सम्झौता भएको छ । अब त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकार र सरकारी निकायले पहल गर्नुपर्छ”, उनले भने ।
भारत भ्रमणका क्रममा न्यू बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणसम्बन्धी शिलान्यास भएको छ । चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता भएको छ । यसैगरी छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि परियोजना विकास सम्झौता भएको छ ।
“इपानले प्रधानमन्त्री प्रचण्डले यसपटकको भ्रमणलाई आर्थिक कूटनीतिमा केन्द्रित गरी ऊर्जा व्यापारका लागि महत्वपूर्ण पहल गर्नुभएकामा ऊर्जा उद्यमीका तर्फबाट धन्यवाद दिन चाहन्छाँै”, अध्यक्ष आचार्यले भन्नुभयो, “अब यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक छ ।”
यसपटक विश्वव्यापी प्रतिस्पर्धाका माध्यमबाट छानिएका जुनसुकै देशका निर्माण व्यवसायी सहभागी भएका आयोजनाबाट उत्पादित बिजुली भारत निर्यातका लागिसमेत मार्ग प्रशस्त भएको इपानको भनाइ छ ।
भारतीय भूमि हुँदै बङ्गलादेशसम्म बिजुली बिक्रीका लागि दुई देशबीच सहमति भएको जानकारी दिँदै इपानले यसलाई सुरुआती बिन्दु मानेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।
इपानको यही जेठ ३२ गते हुने साधारणसभा हुने भएको छ । नयाँ नेतृत्व चयन गरिने सो साधारणसभाका लागि हालका उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा, उपाध्यक्ष मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: