काठमाडौ । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन । यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए ।
उनले भने, “अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।” यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।
“निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन”, उनले भने निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताउनुभयो । “पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन”, निर्देशक देउजाले भने । उनी पनि चलचित्रको पटकथामा व्यस्त हुनुहुन्छ ।
चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ । आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए।
“अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ”, उनले भने, “दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।” चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: