Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

महामारीले गोरु मर्दा किसानको रुवाबासी

खबरडबली संवाददाता

खोटाङ । गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए । तर, चलनसिंको गोरु २२ वैसाखमा छिमेकी सुवास राईको बारी जोत्नेक्रममा मरेपछि उनले बाँझो मारिसकेको बारीमा आफैँले हलो तानेर मकै छरेका हुन् । उनले कान्छो भाइ लिसेन राईसँग आलोपालो गर्दै हलो तानेर मकै छरेको भिडियो ३ जेठमा सोही ठाउँका गिरीराज राईले सामाजिक सञ्जालमा राखेका छन् । 

यस्तै,  ४ जेठमा बहर गोरु र १२  जेठमा  जोत्दै गरेको गोरु मरेपछि दुर्छिम गणेशटारका नविन राईले छिमेकीको गोरु मागेर मकै छरे । शरीरको विभिन्न भागमा गाँठागुठी देखिने, गाँठागुठी पाक्ने र पानी बग्ने, आँशु आउने लगायतका लम्पी स्किनसँग मिल्दोजुल्दो रोगको प्रकोपका कारण गणेशटारमा हालसम्म पाँचवटा गाईगोरु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण रातमाटेमा मात्रै करिब १०र१२ वटा गाईगोरु मरिसकेको स्थानीय राजन राई बताउँछन् । खेतबारी जोत्ने गोरु मरेपछि कतिपय किसानले कोदालोले खनेर मकै छरेका छन् । ‘कसैका गोरु मरे । कसैको बिरामी भएपछि आफैले हलो तानेर मकै छर्नुपरेको हो । कसैले खनेर मकै छरे, ’ राईले भने, ‘कुनै गाईगोरु तंग्रिदैछ । शरीरभरी खटिरैखटिरा छ । यस्तो बेला पावर ट्रिलर उपयोगी हुनेरहेछ ।’  

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पनि लम्पी स्किन रोगले करिब १०–१५ वटा गाईगोरु मरिसकेको छ । हस्तबहादुर कार्की र ताराबहादुर खत्रीको जेठ १२ गते गोरु मरेको वडाध्यक्ष अनिश कार्की बताउँछन् । त्यसअघि रणबहादुर श्रेष्ठ, कृष्णबहादुर कार्की, विदुर कार्की, कुम्भनारायण श्रेष्ठ, मोतिलाल श्रेष्ठ लगायतका किसानको गाईगोरु मरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा पनि पाँच वटा गाईगोरु मरिसकेका छन् । जोत्दै गरेको गोरु जेठ १३ गते मरेपछि बिजयखर्ककी उर्मिला दर्जी समस्यामा परेकी छन् । बिजयखर्कमा खड्गबहादुर कट्वाल, बेदकुमार कट्वाल लगायतको गाईगोरु मरेको हो ।

गत माघ यता खोटाङका १० स्थानीय तहमध्ये सबै पालिकामा गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने महामारी फैलिएको हो । त्यसमध्ये जन्तेढुंगा गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये पाँच वडामा ३० वटा गाईगोरु मरिसकेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा। सुशन ढकालले बताए । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा सात वटा, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा १२ वटा, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा पाँच वटा, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा चार वटा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा दुई वटा मरेको छ । गाईगोरु मर्ने क्रम जारी छ । 

अन्य स्थानीय तहमा गाईगोरु बिरामी भए पनि मरिहालेको रेकर्ड छैन । ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिने रोगबाट हजारौं गाईगोरु बिरामी परेका छन् । प्रायः सवैजसो गोठका गाईगोरुलाई नयाँ रोगले सताएपछि किसान चिन्तित छन् । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन पत्ता नलागेका कारण उपचारमा कठिन भइरहेको पशु स्वास्थ्य प्राविधिक बताउँछन् । हाल लम्पी स्किनको लक्षण अनुसार औषधि र खोपमार्फत पशुचौपायको उपचार भइरहेको छ । कतिपय किसानलाई लम्पी स्किन सार्ने झिंगा, लामखुट्टे र किर्ना मार्ने विषादि वितरण गरिएको छ । उपचारका क्रममा बिरामी गाईगोरु निको भइरहेको तर नयाँ संक्रमित पनि थपिने दर बराबर भइरहेका रोग नियन्त्रण कठिन भइरहेको छ । 

गाईवस्तुलाई लम्पी स्किनले थला पारेपछि स्थानीय तहले लक्षण अनुसारको उपचार गर्न, शरीरको गाँठागुठीलाई फिटकिरी र मन तातो पानीले सफा गर्न, तितेपाती र बेसारको पेष्ट बनाएर घाउमा लगाउन र आवश्यक परामर्शका लागि पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । विज्ञाका अनुशार लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट गाईभैंसीमा लम्पी स्किन सर्ने गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: